IME Life New

स्पोर्टी लुक, आकर्षक परफर्मेन्स, आउँदैछ टाटाको शानदार कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा मोटर्सले लगातार आफ्नो भेहिकल पोर्टफोलियोलाई मजबुत बनाउनेतिर लागिरहेको छ। अब कम्पनीले आफ्नो आउन लागेको नयाँ कार अल्ट्रोज रेसरको टिजर सार्वजनिक गरेको छ।

टाटा नयाँ कार अल्ट्रोज रेसरको बिक्रीका लागि आउँदो साता भारतमा लन्च गर्ने तयारी भइरहेको छ। यो कारलाई पहिलोपटक अघिल्लो अटो एक्सपोमा पेस गरिएको थियो।

Esewa
Crest

अल्ट्रोज रेसरलाई कम्पनीले स्पोर्टी लुक र डिजाइनमा पेस गरेको छ। जुन रेगुलर मोडलभन्दा भिन्न रहेको छ। यो कारमा कम्पनीले १.२ लिटरको ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिनको प्रयोग गरेको छ। जुन नेक्सनमा रहेको छ। यो कारमा जडान गरिएको इन्जिनले १२०एचपी पावर र १७०एनएमको टार्क जेनेरेट गर्छ। कम्पनीले यो कारलाई ६ स्पिड म्यानुअल ट्रान्समिसन गियरबक्सका साथ पेस गर्नेछ।

अल्ट्रोज रेसर डुअल पेन्ट स्किममा देख्न पाइनेछ। यसको बोनटमा आकर्षक रेसिङ स्ट्रिप्स दिइएको छ। जुन माथि रुफसम्म जान्छ। यसका अलावा फ्रन्ट फेन्डरमा ‘रेसर’ ब्याजिङ पनि गरिएको छ। यसमा नयाँ डिजाइनको फ्रन्ट ग्रिल र अलोय ह्विलमा समावेश गरिएको छ।

कम्पनीले नयाँ कारमा फरक लेदर अपहोल्सट्रीका साथ बजारमा उतार्नेछ। कारको क्याबिनमा पनि एडभान्स फिचरहरु समावेश गरिएको बताइएको छ।

कम्पनीले यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, भेन्टिलेटेड फ्रन्ट सिट (सेग्मेन्टमा पहिलोपटक), ३६० डिग्री क्यामेरा, हेडअप डिस्प्ले र वायर असिस्टेड सनरुफ पनि जडान गरेको छ। यसका अलावा सेफ्टीका रुपमा कारमा ६ एयरब्याग दिइएको छ। ग्लोबल एनसीएपी क्रयास टेस्टमा टाटा अल्ट्रोजको रेगुलर मोडलमा ५ स्टार रेटिङ दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS