IME Life New

बीमा मध्यस्थकर्तासँग अन्तरकृया गर्दै बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता अभिकर्ताहरूसँग अन्तरकृया गर्ने भएको छ । प्राधिकरणले आइतबार काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ।

प्राधिकरणले हालै डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स २०२४’  जारी गर्दै बीमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख बिक्री गर्दा अभिकर्ताको मध्यस्थता बिना नै सिधै बीमालेख बिक्री गर्न पाउने बाटो खुल्ला गरिदिएको छ । अभिकर्ताको संलग्नता बिना बीमितले बीमा गरेमा डिजिटल बीमालेखमा बीमाशुल्क छुट सुविधाको प्रावधान समेत मार्गदर्शनमा समेटिएको छ।

Esewa
Crest

यसअघि बीमकको संस्थागत सुशासन निर्देशिका २०८० जारी गर्दै प्राधिकरणले प्राधिकरणले अभिकर्तालाइ आफ्नो एकाघर परिवारका सदस्यको बीमा गर्न प्रतिबन्ध लगाई दिएको थियो ।

प्राधिकरणले सूचना प्रविधिको प्रयोगबाट बीमालेख वितरणको परम्परागत माध्यमका रूपमा रहेको अभिकर्ता माथिको निर्भरतालाइ क्रमशः विस्थापित गर्दै लैजाने रणनीति लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

86%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS