काठमाडौं । समावेशी बीमा सम्बन्धमा २० औं अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आगामी कात्तिक महिनामा नेपालमा हुने भएको छ । माइक्रो इन्स्योरेन्स नेटवर्कसँग र म्युनिख रि फाउण्डेशनको सहयोगमा यो सम्मेलन आयोजना गर्न लागिएको हो ।
द इन्टरनेशनल कन्फेरेन्स अन इक्लुसिभ इन्स्योरेन्स २०२४ नाम दिइएको सम्मेलन २१ देखि २५ अक्टुबरसम्म काठमाडौंमा आयोजना हुनेछ । कार्यक्रमको सह आयोजकहरूमा नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल बीमा प्राधिकरण रहेका छन् । यसअघि गत कात्तिक महिनामा अफ्रिकी मुलुक घानामा १९ औं समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।
गत वर्ष नेपालले विश्व बैंकको सहयोगमा एशियाली बीमा सम्मेलनको आयोजना गरेको थियो ।