IME Life New

धेरैभन्दा धेरैलाई सुरक्षित गर्ने हिसाबले जीवन बीमक अगाडि बढ्नुपर्छः पोषक पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले धेरैभन्दा धेरैलाई सुरक्षित गर्ने हिसाबले जीवन बीमा कम्पनीहरु अगाडि बढ्नुपर्ने बताएका छन्।

नेपाल बीमा प्राधिकरणको ५६ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका पौडेलले यस्तो धारणा राखेका हुन्। उनले दिनदिनै बढ्दै गएको जोखिम र चुनैतीलाई हस्तान्तरण गरी वित्तीय सुरक्षाका लागि काम गर्न सक्ने गरी समग्र जीवन बीमा क्षेत्र अगाडि बढ्ने प्रतिबद्धता पनि गरे।

Esewa
Crest

बचत र लगानीमा केन्द्रित रहेको जीवन बीमा क्षेत्र जोखिममा विस्तार फोसक गर्दै अगाडि बढ्ने पनि पौडेलले बताए। ‘आज लगभग ५० प्रतिशत रहेको यो इन्फरमल इकोनोमीलाई फरमल इकोनोमीमा रुपान्तरण गर्न एउटा झोला बोकेर हिँड्ने अभिकर्ता साथीहरुलाई अझै उत्प्रेरित गर्नेछौँ, उहाँहरुलाई समेट्दै लिएर जानेछौँ’, उनले भने, ‘यसरी फरमल इकानोमीमा ल्याउनका लागि जुन योगदान जीवन बीमा क्षेत्रलाई समग्र रुपमा प्रोत्साहन गर्न आगामी वर्ष अझै उत्साहित हुनेछ भन्ने हामीलाई विश्वास छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS