IME Life New

पावरफुल र फास्टेस्ट ! लन्च भयो सबैभन्दा हेभी बजाज पल्सर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी दुईपांग्रे सवारी उत्पादक कम्पनी बजाज अटोले लामो प्रतीक्षापछि अन्ततः आफ्नो सबैभन्दा हेभी पल्सर ‘पल्सर एनएस४००जेड’ बिक्रीका लागि औपचारिक रुपमा लन्च गरेको छ। आकर्षक लुक्स, पावरफुल इन्जिन र अत्याधुनिक सुविधाले सुसज्जित यो पल्सरको प्रारम्भिक मूल्य भारु १ लाख ८५ हजार (एक्स शोरुम) तोकिएको छ।
हाल कम्पनीले पल्सर एनएस४००जेडलाई प्रारम्भिक मूल्यका साथ बजारमा ल्याएको छ अर्थात् निकट भविष्यमा यसको मूल्य बढ्न सक्ने बताइएको छ।

भारतमा नयाँ बजाज पल्सर एनएस ४००जेडको आधिकारिक बुकिङ सुरु भएको छ। यसका ग्राहकले कम्पनीको आधिकारिक वेबसाइट र आधिकारिक डिलरसिपबाट भारु ५ हजारको बुकिङ रकममा बुक गर्न सक्नेछन्। कम्पनीले छिट्टै यो बाइकको डेलिभरी पनि सुरु गर्नेछ। कम्पनीले नयाँ पल्सरलाई ४ फरक रङमा ल्याएको छ र सबै कलर भेरियन्टको एउटै मूल्य तोकिएको छ।

Crest

बजाज पल्सर एनएस४००जेड को हेडलाइट एकदमै आकर्षक र अनौठो स्टाइलमा आउँछ। यसको केन्द्रमा एलईडी प्रोजेक्टर बत्ती प्रदान गरिएको छ। बाइकलाई आकर्षक डिजाइन दिइएको छ। जसले यसलाई सार्प लुक दिन्छ। यद्यपि, यसको लुक एनएस२००को सम्झना दिलाउनेछ। स्पोर्टी रियर भ्यू मिरर, गोल्डेन फिनिससहितको फ्रन्ट फोर्क सस्पेन्सन र स्कल्प्टेड फ्युल ट्यांकीले यसलाई थप स्पोर्टी लुक दिएको छ।

पल्सर एनएस ४००जेडमा कम्पनीले ३७३ सीसी क्षमताको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन दिएको छ। जुन यसअघि डोमिनारमा पनि देखिएको थियो। यो इन्जिनले ४० एचपी पावर र ३५ एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन ६–स्पिड गियरबक्ससँग जोडिएको छ। जुन स्लिप–असिस्ट क्लच प्रणालीसँग आउँछ। नयाँ पल्सरको टप स्पिड १५४ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीको दाबी छ। जसले यसलाई सेग्मेन्टको सबैभन्दा फास्ट बाइक बनाउँछ।

कम्पनीले पल्सर एनएस४००जेडमा ४ राइडिङ मोड (स्पोर्ट, रोड, रेन र अफरोड) दिएको छ। यसमा ३ लेभल ट्रयाक्सन कन्ट्रोल र स्विच गर्न मिल्ने डुअल च्यानल एन्टी–लक ब्रेकिङ सिस्टम छ। यसबाहेक कलर एलसीडी ड्यासबोर्ड प्रदान गरिएको छ। जुन धेरै हदसम्म साना पल्सर मोडलहरुसँग मिल्दोजुल्दो छ। यद्यपि, दायाँछेउमा एउटा सानो स्क्रिन छ। जसमा नेभिगेसन डाटा देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS