IME Life New

बीमा प्राधिकरणको बीमांकीमा भारतीय अर्थशास्त्री राय नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विशेषज्ञ बीमांकीमा भारतीय एक्चुअरी गोपाल कुमार विश्वनाथ रायलाई नियुक्त गरेको छ । बीमांकी प्रेक्षा माथेमाको करार अवधि पुरा भएकाले रोयलाई नियुक्त गरिएको हो ।

बीमांकी मूल्यांकन सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको राड्गो एण्ड कम्पनीको संस्थापक राय भारतका प्रसिद्ध अर्थशास्त्री समेत हुन् । उनले यसअघि नेपालमा रिलायन्स लाइफ र नेशनल लाइफ इन्स्योरेन्समा विशेषज्ञ बीमांकीको सेवा प्रदान गरि सकेका छन् । सन् २०२३ मा भारतीय निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स भारतका बीमांकीले गरेको कामको मूल्यांकन गर्ने जिम्मेवारी समेत पाएका थिए ।

Esewa
Crest

उनले इन्स्टिच्युट अफ एक्चुअरी अफ इण्डियाबाट एफआइएआइ उपाधी प्राप्त गरेका छन् । रोय भारतको मिनिष्टर अफ कर्पोरेट अफेयर्स अन्तर्गतको लगानीकर्ता शिक्षा तथा संरक्षण कोष प्राधिकरणका निर्देशकको जिम्मेवारीमा समेत छन् ।

बीमा प्राधिकरणले बीमकको लागि जोखिममा आधारित पूँजी(Risk Based Capital) सम्बन्धी अवधारणा कार्यान्वयनमा ल्याउन प्रारम्भ गरेको छ। यसबाहेक बीमकको वित्तीय विवरण स्वस्थ्यताको मूल्यांकन सम्बन्धमा जोखिमपूर्ती स्वमूल्यांकन (Own Risk Solvency Assessment ORSA) लागू गरेको छ। यी दुबै अवधारणाहरू जटिल प्राविधिक प्रकृतिका भएकाले बीमकलाई प्रशिक्षित गर्ने, प्रतिवेदनको मूल्यांकन गर्ने र कैफियत सुधार्न सुझाव दिने कार्य नियामकको हैसियतबाट प्राधिकरणले गर्नुपर्छ। यी कामका लागि प्राधिकरणलाई दक्ष र अनुभवी बीमांकीको सेवा आवश्यक्ता पर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS