IME Life New

काल बनेर आइन् आफ्नै दिदी, बीमाको ५० लाख पाउन भाइको हत्या

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको मेरठमा पैसाको लोभमा दिदीले आफ्नै भाइको हत्या गर्न लगाएको घटना सार्वजनिक भएको छ। बीमाको पैसा पाउने लालचमा दिदीले कार चालकसँग मिलेर भाइको हत्या गरी शव गाउँमा लगेर प्राकृतिक मृत्युको नाटक रचेको घटना सार्वजनिक भएको हो।

मृतकको घाँटीमा दाग देखेपछि गाउँका मानिसहरुलाई शंका लागेपछि पोस्टमार्टम गरिएको थियो। त्यसपछि सोधपुछपछि प्रहरीले हत्यामा प्रयोग भएको कार र घाँटी थिचेर हत्या गरेको डोरी बरामद गरेको थियो।

Crest

अनुसन्धानका क्रममा बहुसुमाको भण्डोरा गाउँका ३२ वर्षीय मोनवीर उर्फ मोनु र सोही गाउँका अमरिश केशव शर्मा दुई साताअघि शुक्रबार बिहान कारमा मवाना बस्दै आएकी बहिनी सुरेखाको घर गएको पत्ता लागेको एसपी देहात कमलेश बहादुरले बताए। सन् २०१७ मा श्रीमानसँग सम्बन्धविच्छेद गरेपछि सुरेखा दुई सन्तानसहित रामबाग कालोनीस्थित पक्का पोखरीनजिक भाडामा बस्दै आएकी थिइन्। साँझ सुरेखा र अमरिश मोनुको शव लिएर गाउँ पुगे र प्राकृतिक मृत्यु भएको परिवारलाई जानकारी दिए। अन्त्येष्टिको समयमा परिवारका केही सदस्यले मोनुको सर्टको बटन खोल्दा मोनुको घाँटीमा दाग देखेपछि अर्का भाइ सोहनवीरलाई शंका लाग्यो। त्यसपछि उनले बहुसुमा प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवको पोष्टमार्टम गर्दा हत्या भएको खुलासा भएको थियो।

मवाना प्रहरीचौकी इन्चार्ज सुभाष सिंहका अनुसार अविवाहित मोनु चार दाजुभाइमध्ये कान्छा थिए। उनीहरुका आमा–बुवाको निधन भइसकेको छ। अनुसन्धानमा मोनुले २ महिनाअघि ५० लाखको बीमा गरेको खुलेको सिंहले बताए। त्यसमा मोनुले जेठी दिदी सुरेखालाई इच्छाएको व्यक्ति राखेका थिए। मोनुका काकाको छोरा नभएकाले उनलाई धर्मपुत्र बनाएर आफ्नो जग्गा दिएका थिए। मोनुले उक्त जग्गा ५० लाखमा बेचेका थिए। सो रकमबाट मोनुले दिदी सुरेखाको नाममा अर्टिगा कार किनेका थिए। मोनुले अमरिशलाई गाडी चलाउन दिएका थिए। यसबापत उसले अमरिशसँग दैनिक पाँच सय रुपैयाँ लिइरहेका थिए। सुरेखाले मोनुसँग १३ लाख रुपैयाँ ऋण लिएकी थिइन्। यसबाहेक अमरिशले मोनुसँग १ लाख ८६ हजार रुपैयाँ पनि लिएका थिए।

सुरेखा र अमरिशलाई मोनुले पैसा फिर्ता लिन्छ भन्ने लागेको थियो। सोही कारण दुवैले मनुको हत्याको षड्यन्त्र रचे। दुवैले हत्याको मुद्दा बाहिर आएमा अमरिश आफैँ जिम्मेवारी लिने निर्णय गरेका थिए। त्यसपछि सुरेखाले मोनुको ५० लाखको बीमा रकम पाउने योजना बनाएका थिए।

भाइको हत्या गर्नुअघि सुरेखाले आफ्ना बच्चाहरुलाई मःम लिन पठाइएकी थिइन्। त्यसपछि सुरेखा घरको सिँढीमा बसेर बाहिर नजर डुलाएर बसिन्। अनि घरभित्र अमरिशले डोरीले घाँटी थिचेर मोनुको हत्या गरे।

मवाना पुलिस स्टेसन इन्चार्ज सुभाष सिंहका अनुसार अमरीश परीक्षितगढ थानाका गुन्डा हुन्। यसअघि उनीविरुद्ध हातहतियार ऐनलगायत चोरी मुद्दा पनि दर्ता छन्।

हत्यामा संलगन दुवैलाई अदालतमा पेस गरिएको थियो। त्यसपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

75%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS