IME Life New

विश्वकै धनीव्यक्तिले वर्षभरिमा जति कमाए, त्यति त एलन मस्कले एक दिनमै बनाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेस्ला र स्पेसएक्सजस्ता धेरै कम्पनीका सीईओ एलन मस्कले बुधबार मालामाल भए। टेस्लाको शेयर १२ प्रतिशतभन्दा बढी बढ्यो र यसले मस्कको कुल सम्पत्ति १२.५ अर्ब डलर बढ्यो। यो वर्ष मस्कको कुल सम्पत्तिमा एकैदिनमा यो सबैभन्दा ठूलो उछाल हो।

मस्कको यो एक दिनको कमाइ यो वर्ष विश्वका सबैभन्दा धनीव्यक्ति बर्नार्ड अर्नाल्टको कुल सम्पत्तिमा भएको कुल वृद्धिको करिबबराबर हो। यस वर्ष फ्रान्सेली व्यापारी बर्नार्डको कुल सम्पत्ति १२.९ अर्ब डलरले बढेको छ। यद्यपि मस्क यस वर्ष सबैभन्दा बढी सम्पत्ति गुमाउने अर्बपति हुन्। उनको कुल सम्पत्ति यस वर्ष ५०.४ अर्ब डलरले घटेको छ र उनी विश्वका शीर्ष धनाढ्यको सूचीमा तेस्रो स्थानमा छन्।

Esewa
Crest

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति १७९ अर्ब डलर छ। बर्नार्ड यो सूचीमा २२० अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलो स्थानमा छ भने अमेजनका संस्थापक जेफ बेजोस १९९ अर्ब डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा छन्।

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकको मूल फर्म मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग १७५ अर्ब डलरको कुल सम्पत्तिका साथ यो सूचीमा चौथो स्थानमा छन्। यो वर्ष उनको कुल सम्पत्ति सबैभन्दा बढी ४७.१ अर्ब डलरले बढेको छ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स (१५० अर्ब डलर) पाँचौँ, ल्यारी पेज (१४३ अर्ब डलर) छैटौँ, स्टिभ बाल्मर (१४२ अर्ब डलर) सातौँ, सेर्गेई ब्रिन (१३५ अर्ब डलर) आठौँ, वारेन बफेट (१३४ अर्ब डलर) नवौँ र ल्यारी एलिसन (१२९ अर्ब डलर) दसौँ स्थानमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

0%
sad

दु :खी

44%
amazed

अचम्मित

11%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS