IME Life New

धमाधम सुन किन्दै चीन, पछि पर्यो भारत, किन बढ्दैछ भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय सुनको खरिदमा चीन निकै व्यस्त रहेको देखिन्छ। यो वर्ष चीनले सुन खरिदमा भारतलाई पछि पारेको छ। अहिले सुन किन्ने देशमा चीन पहिलो नम्बरमा छ। विगतमा भारत विश्वमा सबैभन्दा बढी सुन खरिद गर्ने देश थियो। तर, अहिले चीन यस मामिलामा भारतभन्दा अगाडि बढेको छ।

सबैभन्दा बढी सुन किन्नेमा भारत र चीनबीच प्रतिस्पर्धा चलिरहेको छ। विगतका वर्षलाई हेर्दा विश्वमा सबैभन्दा बढी सुन भारत वा चीनले किन्ने गरेको छ। चीनले सुन किन्ने क्रममा सुनको मूल्य रेकर्ड उच्च रहेको छ। यस वर्ष सुनको भाउ प्रतिऔँस २ हजार ४०० डलरभन्दा माथि पुगेको छ र विश्व बजारमा सुनको आकर्षण बढिरहेको छ।

Esewa
Crest

सुनको भाउ बढ्नुलाई चीनले ठूलो परिमाणमा खरिद गर्नु नै रहेको विज्ञहरु बताउँछन्। चीनमा गहना, बार र सिक्काको खपत रेकर्ड स्तरमा पुगेको छ। चीनमा सुनका गहनाको माग १० प्रतिशतले बढेको छ भने भारतमा ६ प्रतिशतले घटेको छ। यसैबीच चिनी बार र सिक्कामा लगानी २८ प्रतिशतले बढेको छ।

एकातिर चीनको केन्द्रीय बैंकले १७ महिनादेखि लगातार सुन खरिद गरिरहेको छ। अर्कोतर्फ चिनियाँ नयाँ वर्षको अवसरमा मानिसले धेरै सुन किनेका छन्। गत वर्षको तुलनामा जनवरी–मार्च महिनामा सर्वसाधारणको सुन खरिद ३४ प्रतिशतले बढी भएको छ। विश्वमा सबैभन्दा बढी सुनको उत्खनन चीनले गर्छ तर पनि बाहिरबाट ठूलो परिमाणमा किन्न बाध्य छ। पछिल्लो २ वर्षमा चीनले अन्य देशबाट २ हजार ८०० टनभन्दा बढी सुन खरिद गरेको छ। यो अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको कुल सुन भण्डारको एक तिहाइ बराबर हो।

अन्य देशको तुलनामा चीनले धेरै सुन उत्खनन गरे पनि त्यसले धेरै आयात गर्नुपर्छ। हालै सिपमेन्टको गतिमा तीव्रता आएको छ। चीनको चन्द्र नयाँवर्ष, जुन उपहारको पिक सिजन हो। यसको ठीक अघि सुनको आयातमा उछाल आएको छ। सन् २०२३ को तुलनामा वर्ष २०२४ को पहिलो दुई महिनामा ५३ प्रतिशत बढी हो। चीनमा युआन कमजोर भए पनि चिनियाँ माग यति उच्च छ।

एक प्रमुख आयातकर्ताका रुपमा चीनमा सुन खरिदकर्ताले प्रायः अन्तर्राष्ट्रिय मूल्यभन्दा बढी प्रिमियम तिर्छन्। महिनाको सुरुमा यो बढेर ८९ डलर प्रतिऔंस पुगेको थियो। गत वर्षको औसत ३५ डलर थियो। जब कि ऐतिहासिक औसतमात्र ७ डलर थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS