IME Life New

कुमारी क्यापिटलका ४ वटै म्युचुअल फन्डको घट्यो न्याभ, नाफामा पनि संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फन्डको चैत महिना वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका कुमारी धनवृद्धि योजना, कुमारी सुनौलो लगानी योजना, कुमारी इक्विटी फन्ड र कुमारी सबल योजनाको वित्तीय विवरण सार्वजनिक भएको हो। फागुनको तुलनामा चैतमा यी ४ वटै योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेको छ।

चैतमा कुमारी धनवृद्धि योजनाको न्याभ घटेर १०.७५ रुपैयाँ पुगेको छ। फागुनमा न्याभ १०.९६ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि घटेर चैतमा १ अर्ब २० करोड ९० लाख रुपैयाँ झरेको छ। फागुनमा कुल लगानी १ अर्ब २३ करोड ६९ लाख रुपैयाँ थियो।

Esewa
Crest

गत फागुनमा ५ करोड ३९ लाख रुपैयाँ नाफामा रहेको यो योजनाले चैतमा पनि २ करोड ८३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।

यसैगरी गत फागुनमा कुमारी सुनौला लगानी योजनाको ११.१३ रुपैयाँ न्याभ रहेकोमा चैतमा घटेर १०.९७ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर चैतमा ३५ करोड ५७ लाख रुपैयाँ पुगेको छ। फागुनमा कुल लगानी ३६ करोड ७० लाख रुपैयाँ थियो।

गत फागुनमा १ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको यो योजनाले चैतमा १ करोड २० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

फागुनमा कुमारी इक्विटी फन्डको न्याभ १०.३५ रुपैयाँ रहेकोमा चैतमा घटेर १०.१४ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर चैतमा ७५ करोड १५ लाख रुपैयाँ पुगेको छ। फागुनमा कुल लगानी ९८ करोड ९४ लाख रुपैयाँ थियो।

गत फागुनमा ३ करोड २६ लाख नाफामा रहेको यो योजनाले चैतमा १ करोड १८ लाख नाफा आर्जन गरेको छ।

फागुनमा कुमारी सबल योजनाको न्याभ १० रुपैयाँ रहेकोमा चैतमा घटेर ९.९३ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर चैतमा २२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। फागुनमा कुल लगानी ११ करोड ५६ लाख रुपैयाँ थियो।

गत फागुनमा ३ लाख ५२ हजार नोक्सानी व्यहोरेको यो योजनाले चैतमा पनि ५४ लाख ८९ हजार रुपैयाँ घाटा खाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS