IME Life New

बंगलादेशमा बीमा ऐन संशोधन, बीमकको जमानीमा सञ्चालकलाई बैंकबाट कर्जा दिलाउन रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब‌ंगलादेशी बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए) ले बीमकको जमानीमा सञ्चालक र शेयरधनीलाई कर्जा दिलाउन रोक लगाउने प्रावधान सहित बीमा ऐन २०२० मा संशोधन गर्ने भएको छ।

प्राधिकरणले सार्वजनिक गरेको संशोधन मस्यौदामा बीमक(बीमा कम्पनी) ले आफ्नो सम्पत्तीको धितोमा कम्पनीका सञ्चालक, शेयरधनी, उनीको परिवारजन वा सम्बन्धित व्यक्तिलाई वित्तीय संस्थाबाट ऋण दिलाउन नपाउने प्रावधान मस्यौदामा समेटेको छ। स्थानीय अखबार द डेली स्टारका अनुसार आइडीआरएले बीमा कम्पनीको सञ्चालनलाई सुव्यवस्थित गर्नका लागि अन्य कानूनसँग बाझिएका केही प्रावधानहरुमा समेत संशोधन गरेको छ।

Esewa
Crest

यसैगरी आइडिआरएको स्वीकृति लिएर बीमकले आफ्नो कारोबार आकारको आधारमा उचित संख्यामा एक्च्युअरी(बीमांकी) नियुक्त गर्नुपर्नेछ। बीमांकीको योग्यता, जिम्मेवारी, आर्थिक लाभ र अन्य शर्तहरू नियामक निकायले निर्धारण गर्नेछ।

प्राधिकरणले बीमा क्षेत्रको विकास, सुशासन सुधार गर्न र बीमितकाे हित रक्षा गर्ने प्रयासको रुपमा बीमा ऐन २०१० लाई संशोधन गर्न लागिएको जानकारी दिएको छ।

प्राधिकरणले कूल १६० खण्ड भएका बीमा ऐनको कुल ५० खण्डमा कुनै न कुनै परिमार्जन गरेको छ।  संशोधन सहितको कानूनको मस्यौदा आईडीआरएको वेबसाइटमा मार्च २८ मा प्रकाशित गरिएको थियो। आइडिआरएले अप्रिल २४ सम्ममा प्रस्तावित परिवर्तनबारे सुझाव दिन बीमक र सर्वसाधारणसँग अनुरोध गरेको छ।

आइडीआरएका प्रवक्ता मोहम्मद जाहाङ्गिर आलमले १० वर्षभन्दा अगाडिदेखि बनेको ऐन पुरानो भइसकेपछि उद्योगमा धेरै परिवर्तन भइसकेकाले ऐन संशोधन गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS