IME Life New

दुबईले बनायो अर्को कीर्तिमान, तयार गर्यो हावामा तैरिने विश्वकै लामो स्विमिङ पुल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा अग्लो भवनपछि अब दुबईले आफ्नो नाममा अर्को कीर्तिमान बनाएको छ। हावामा तैरने विश्वको सबैभन्दा लामो स्विमिङ पुल अहिले दुबईमा बनेको हो।

यो १२० मिटर लामो स्विमिङ पुलले दुई गगनचुम्बी भवन जोड्दछ। यद्यपि यो स्विमिङ पुलमा नुहाउन अलि महँगो छ। तर, यहाँ पुलको छेउमा धेरै साना सवारीसाधन देख्न सकिन्छ।

Esewa
Crest

यो स्विमिङ पुल दुबईको जाबेलमा निर्माण गरिएको छ। जहाँ जुम्ल्याहा गगनचुम्बी भवनहरुमा बनाइएका छन्। जसको नाम द लिंक राखिएको छ। जुन विश्वको सबैभन्दा अग्लो क्यान्टिलभर भवन पनि हो।

क्यान्टिलिभर एउटा संरचना हो, जुन एक छेउमा मात्र जोडिएको हुन्छ र यसको तल कुनै सपोर्ट छैन। यसलाई ‘द इन्फिनिटी पुल’ नाम दिइएको छ। यो पुल ‘द लिंक’को २३० मिटर लामो संरचनाको एउटा हिस्सा हो। जसले भवनको दुई टावरहरु जोड्छ। यसमा धेरै लक्जरी सुविधा प्रदान गरिएको छ।

पहिलोपटक हेर्दा यो हावामा उडिरहेको ठूलो गिलास कोरिडोरजस्तो देखिन्छ। जुन इन्जिनियरिङको चमत्कार हो।

दुई टावरलाई जोड्ने लिंकको मुनिबाट ६ लेनको सडक गुज्रिन्छ। जसको मतलब माथिल्लो भागमा मानिसहरु पौडी खेल्न रमाइलो गरिरहेका बेला तिनीहरुको मुनिबाट ट्राफिक जानेछ। २५ मिटर अग्लो र चौडा क्यान्टिलिभरमा तीन तला छन् र होटल अतिथि र भवनमा बस्नेहरुका लागि एक प्रमुख मार्ग हो।

दुबई आउने वा त्यहाँ बसोबास गर्ने पर्यटकहरु एक दिनको पास लिएर पुलमा जान सक्छन्। जसको मूल्य प्रतिव्यक्ति २७२ डलर पर्छ। हाल यो सबैभन्दा सस्तो मूल्य हो। विभिन्न सुविधाका साथ यसको लागत १० हजारभन्दा बढी हुन सक्छ। पुल क्लब र रेस्टुरेन्ट सुविधा पनि आगन्तुकहरुका लागि उपलब्ध छन्। अलि लामो समय बस्न चाहनेले भवनको माथिल्लो ३० तलामा कोठाहरु पाउन सक्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS