IME Life New

इरान–इजरायल तनावः एकैदिन विश्वका शीर्ष धनाढ्यको २८ अर्ब डलर स्वाहा, कसले कति गुमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका कारण सोमबार विश्वभरका शेयर बजारमा भारी गिरावट आएको छ। जसका कारण विश्वका शीर्ष १० धनी व्यक्तिको सम्पत्तिमा एकैदिन करिब २८ अर्ब डलरको गिरावट आएको छ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार सोमबार विश्वका शीर्ष १५ धनीमध्ये दुईजनाको मात्रै सम्पत्ति बढेको छ। यस सूचीमा पहिलो नम्बरमा रहेका फ्रान्सका बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति २ अर्ब ९१ करोड डलरले बढेर २१८ अर्ब डलर पुगेको छ। विश्वको १५औँ धनी व्यक्ति स्पेनका अमान्सियो ओर्टेगाको कुल सम्पत्ति १.०८ अर्ब डलरले बढेको छ। एलन मस्कले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। सोमबार उनको कुल सम्पत्ति ६.८४ अर्ब डलरले घट्यो।

Esewa
Crest

शीर्ष धनाढ्यको सूचीमा दोस्रो स्थानमा रहेका अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति ३.११ अर्ब डलरले घटेर अहिले २०५ अर्ब डलर पुगेको छ। शीर्ष धनाढ्यको सूचीमा मस्क तेस्रो स्थानमा छन्। उनको कुल सम्पत्ति १७८ अर्ब डलर छ।

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्गको नेटवर्थ ४.०८ अर्ब डलरले घटेर १७८ अर्ब डलर पुगेको छ। बिल गेट्सको कुल सम्पत्ति सोमबार १.६५ अर्ब डलरले घटेको छ। उनी १५० अर्ब डलरको सम्पत्तिका साथ धनीको सूचीमा पाँचौँ स्थानमा छन्। स्टिभ बाल्मरको कुल सम्पत्ति २.६९ अर्ब डलर, ल्यारी पेजको २.४३ अर्ब डलर, वारेन बफेटको १.३२ अर्ब डलर र सर्गेई ब्रिनको सम्पत्ति २.३० अर्ब डलरले घटेको छ।

भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको सम्पत्ति सोमबार ८०.६ करोड डलरले घटेको छ। उनी ११२ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा ११ औँ स्थानमा छन्। अडानी समूहका अध्यक्ष गौतम अडानीको नेटवर्थ सोमबार २.३६ अर्ब डलरले घटेको छ। उनी ९९.५ अर्ब डलरको सम्पत्तिका साथ विश्वका शीर्ष अर्बपतिको सूचीमा १४ औँ स्थानमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS