IME Life New

मुड खराब छ ? यो कम्पनीले ल्यायो १० दिन ‘स्याड लिभ’ दिने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यदि तपाइँ अफिसमा काम गर्नुहुन्छ भने कहिलेकाहीँ कुनै कुराले तपाइँको मुड खराब हुन सक्छ र अफिस जान मन लाग्दैन। तर, यो आवश्यक छैन कि मुड खराब भयो भन्दैमा तपाइँ बिदा बस्नुपर्छ। एउटा यस्तो कम्पनी पनि छ, जसमा मुड खराब भएमा १० दिन बिदा लिन सकिन्छ।

अचम्म नमान्नुहोस् ! यो साँचो हो। चिनियाँ कम्पनी प्यांग डोंग लाईले ‘स्याड लिभ’ योजना सुरु गरेको छ। प्यांग डोंग लाई चीनको एउटा सुपरमार्केट चेन हो र यसको संस्थापक यु डोंगलाई हो। आफ्ना कर्मचारीलाई ठूलो राहत दिँदै यो कम्पनीले नयाँ योजना सुरु गरेको हो। जसलाई ‘स्याड लिभ’ नाम दिइएको छ।

Esewa
Crest

यो लिभ योजनामा १० दिन बिदा लिने सुविधा छ। तर, यसका लागि कर्मचारीको मुड खराब हुनुपर्छ। यसमा विशेष कुरा यो हो कि बिदा लिनका लागि प्रबन्धकबाट अनुमति लिनु पर्दैन। यसको मतलब खराब मुडमा १० दिनसम्म अफिस धाउने झन्झट गर्नु पर्दैन।

चीनका खुद्रा व्यवसायी यु डोंगलाईले आफ्ना कर्मचारीलाई राम्रो काम र जीवन सन्तुलन प्राप्त गर्न मद्दत गर्न ‘स्याड लिभ’ सुरु गरेका छन्। यो घोषणा गर्दै उनले भने, ‘सबैको जीवनमा कुनै न कुनै दिन दुःखी हुने र यो मानवीय स्वभाव हो। यस्तो अवस्थामा हाम्रो कम्पनीका कर्मचारीको मुड खराब भए १० दिन बिदा दिने व्यवस्था गरिएको छ। उनीहरुले चाहेको बेला यो बिदा लिन पूर्ण स्वतन्त्रता हुनेछ।’

साउथ चाइना मर्निङ पोस्टका अनुसार यु डोंगलाईले भनेका छन्, ‘म चाहन्छु कि हरेक कर्मचारीलाई स्वतन्त्रता होस्। त्यसैले स्याड लिभ योजना ल्याएइको हो र यदि कर्मचारीहरु खुसी छैनन् भने काममा नआउनुहोस्।’ प्यांग डोंग लाई कम्पनीको यो नयाँ सुरुआत सामाजिक सञ्जालमा पनि चर्चाको विषय बनेको छ। चीनको माइक्रोब्लगिङ वेबसाइट वाईबोले यो योजनाका बारेमा निरन्तर पोस्ट गरिरहेको छ। एक प्रयोगकर्ताले लेखे, ‘यस्ता राम्रा मालिक र यो कम्पनीको कार्य संस्कृतिलाई देशभर प्रवर्द्धन गर्नुपर्छ।’

अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘म प्यांग डोंग लाईमा जान चाहन्छु, मलाई लाग्छ म त्यहाँ खुसी र सम्मान पाउन सक्छु।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS