IME Life New

इतिहास रच्दै शिवम, नेपालकै सर्वाधिक १३.३१ करोड बोरा ओपीसी सिमेन्ट बिक्री गर्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्ट नेपालमै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ। नेपाली सिमेन्ट इतिहासमै यो उद्योगले अहिलेसम्म १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बिक्री गरेको छ। योसँगै शिवम नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न पुगेको छ।

इतिहास रच्दै अगाडि बढिरहेको शिवमले क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण गर्दै देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनामा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको छ। शिवमले सिमेन्ट जगतमै पहिलोपटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत हुन सफल भएको छ।

Esewa
Crest

ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम सिमेन्ट गुणस्तरीय एवं उत्कृष्ट उत्पादन हो। ‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटी’को मामलामा नो कम्प्रोमाइजजस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवमले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाका कारणले पहिलो स्थानमा रहन सफल भएको छ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधिउक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताका कारणले गर्दा नै शिवम ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

एनएस आईएसओ, आईएसओ, आईएसआई र यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त शिवम सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS