IME Life New

विश्वमै व्यापारका लागि सिंगापुर उत्कृष्ट देश, शीर्ष १० अरु कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले व्यापारका हिसाबले विश्वका उत्कृष्ट १० देशको सूची सार्वजनिक गरेको छ। बिजनेस न्युजका लागि चिनिने द इकोनोमिस्ट ग्रुपको रिसर्च विंगको यो रिपोर्टमार्फत उत्कृष्ट १० देशको नाम सार्वजनिक गरिएको हो।

ईआईयूको यो विश्वव्यापी सूचीले ती देश समावेश गर्दछ, जसले ठूला लगानीकर्तालाई उनीहरुको क्षेत्रमा लगानी गर्ने निर्णय गर्ने उत्तम अवसर प्रदान गर्दछन्। यसमा बृहत् आर्थिक स्थिरता, राजनीतिक अवस्था, बजार अवसर, व्यापार प्रतिबन्ध र कर व्यवस्था समावेश छ। ‘हामी अर्को ५ वर्षमा के हुन सक्छ भनेर मूल्यांकन गर्छौं’, ल्याटिन अमेरिकाका लागि ईआईयूका वरिष्ठ अर्थशास्त्री निकोलस सालडिया भन्छन्।

Esewa
Crest

यस्ता छन् शीर्ष १० देश

यस अध्ययनका लागि कुल ९१ वटा सूचक निर्धारण गरिएको थियो। जसलाई ११ श्रेणीमा विभाजन गरिएको थियो। यसैका आधारमा अनुसन्धानकर्ताले ८२ देशको सूची बनाएका थिए। ‘हाम्रो विश्लेषणमा हामीले राजनीतिक अस्थिरताको जोखिमजस्ता सूचक पनि समावेश गर्यौं। किनकि यसले देशको व्यापारिक वातावरणलाई असर गर्छ।’

ईआईयूको रिपोर्टअनुसार सिंगापुर, डेनमार्क र अमेरिका सूचीको पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। यी देशले आगामी वर्षमा सबैभन्दा बढी लगानी आकर्षित गर्न सक्छन्। सूचीमा उनीहरुपछि जर्मनी र स्विट्जरल्यान्डको नाम छ।

यीबाहेक यस सूचीमा शीर्ष १० देशमा क्यानडा, स्विडेन, न्युजिल्यान्ड, हङकङ र फिनल्यान्ड पर्छन्।

सिंगापुरको सफलता

यो सूचीमा दक्षिणपूर्वी एसियाको सानो देश कसरी शीर्ष स्थानमा रहेको छ भन्ने जिज्ञासा हुन सक्छ। ६० लाख जनसंख्या भएको सिंगापुर ठूला लगानीकर्ताका लागि स्वर्ग नै बनेको छ। यसको कारण व्यापारमा खुलापन, परिवर्तनशील प्रविधिसँगै परिवर्तन, राजनीतिक स्थिरता र कम भ्रष्टाचार हो।

सिंगापुरले प्राविधिक, निर्माण र वित्तीय सेवामा प्रत्यक्ष विदेशी लगानीका साथै कम कर र व्यापारमा बाधा हटाउन प्रोत्साहन गर्दछ। यो सानो देशले कम्पनीहरुलाई यहाँ बस्न प्रोत्साहितमात्र गर्दैन व्यापारिक गतिविधि बढाउन बन्दरगाह, विमानस्थल, सडक र सार्वजनिक यातायातमा पनि ठूलो लगानी गरेको छ।

सिंगापुर समुद्री व्यापारको प्रमुख केन्द्र पनि हो। यसमा उच्च दक्ष जनशक्ति छ। जसले ठूला लगानीकर्तालाई आकर्षित गर्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS