IME Life New

अब रोजगारीका लागि बेलायत जान कठिन, भिसा नियममा ठूलो परिमार्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतले आप्रवासीहरुको आगमनलाई कम गर्ने उद्देश्यले आफ्नो भिसा नियममा ठूलो परिवर्तन गरेको छ। बेलायतले नियम परिवर्तन गर्दै विभिन्न प्रकारका भिसाहरुका लागि तलब सीमामा वृद्धि समावेश गरेको छ। यसले बेलायतमा बस्ने आप्रवासीहरुलाई सबैभन्दा बढी असर पार्ने सम्भावना छ।

परिमार्जित नियमअनुसार परिवारका सदस्यका लागि भिसा लिन आवश्यक पर्ने न्यूनतम आय सीमामा उल्लेख्य वृद्धि गरिएको छ। यससँगै नियममा परिवर्तनले रोजगारीका लागि बेलायत जान चाहनेलाई पनि कठिन हुने भएको छ।

Esewa
Crest

नयाँ नियमअनुसार अब बेलायतमा ३८ हजार ७०० पाउन्डबराबरको जागिरको प्रस्ताव आएमा मात्रै भिसा लिइनेछ। पहिले भिसाका लागि न्यूनतम तलब प्रस्ताव २६ हजार २०० पाउन्ड थियो। अर्थात्, पहिलेको तुलनामा करिब ५० प्रतिशतले वृद्धि भएको छ। स्वास्थ्य र सामाजिक हेरचाहजस्ता केही पेसालाई यस सीमाबाट छुट दिइएको भए पनि केही क्षेत्रमा श्रमिक अभाव र त्यसका परिणामहरुबारे चिन्ता व्यक्त गरिएको छ।

बेलायतको यो कदमले हरेक वर्ष त्यहाँ बसाइसर्ने आप्रवासीहरुलाई सबैभन्दा ठूलो असर पार्नेछ। बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार प्रत्येक वर्ष बेलायत जाने आप्रवासीमध्ये भारतीय पहिलो स्थानमा छन्। त्यसपछि नाइजेरिया र चीन छन्।

पारिवारिक भिसासम्बन्धी नियममा पनि महत्वपूर्ण संशोधन भएको छ। सम्भावित आवेदकहरुले अंग्रेजीमा दक्षताको प्रमाणपत्र देखाउनुपर्छ। यसका साथै न्यूनतम आय सीमा पनि पूरा गर्नुपर्नेछ। सुरुमा यसलाई बढाएर ३८ हजार ७०० पाउन्ड बनाइने भनिएको थियो। तर, पारिवारिक बिछोडको डरले यसलाई २९ हजार पाउन्डमा घटाइएको थियो। यद्यपि, यो ३४ हजार ५०० पाउन्डसम्म बढेर सन् २०२५ को सुरुमा ३८ हजार ७०० पाउन्ड पुग्ने अनुमान गरिएको छ।

बेलायतको गृह मन्त्रालयले यदि कसैले विद्यमान पारिवारिक भिसा नवीकरण गरिरहेको छ भने उसले यो आय सीमा पूरा गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ। सेप्टेम्बर २०२३ सम्म ८२ हजार ३९५ परिवार भिसा जारी गरिएको आधिकारिक तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS