IME Life New

यी हुन् विश्वका १० व्यस्त एयर रुट, सबैभन्दा मालदार कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको दिल्ली–मुम्बई सबैभन्दा व्यस्त एयर रुट (हवाईमार्ग)मध्ये एक मानिन्छ। यो रुटमा दैनिक ११५ उडान सञ्चालन हुने गर्दछ। यो संसारको तेस्रो व्यस्त हवाईमार्ग मानिन्छ। तर, यो संसारमा सबैभन्दा धेरै कमाइको मामलामा शीर्ष १० मा पर्दैन।

के तपाइँलाई थाहा छ संसारको सबैभन्दा धेरै कमाइ गर्ने हवाईमार्ग कुन हो ? जबाफ सिड्नी–मेलबर्न मार्ग हो। यो संसारको दोस्रो व्यस्त रुट हो। अस्ट्रेलियाका यी दुई सहरबीच दैनिक १५८ उडान सञ्चालन हुन्छन्।

Esewa
Crest

मिडिया रिपोर्टका अनुसार सिड्नी–मेलबर्न हवाईमार्गले २०२३ को पहिलो त्रैमासमा १.२१ अर्ब डलर आम्दानी गरेको थियो। दक्षिण कोरियाको जेजु सहर–सियोल हवाईमार्ग संसारको सबैभन्दा व्यस्त मार्ग हो। यो रुटमा दैनिक २२६ उडान सञ्चालन हुन्छन्। तर, आम्दानीको हिसाबले यो रुट पनि शीर्ष १० मा परेको छैन।

वर्ल्ड अफ स्ट्याटिस्टिक्सका अनुसार न्युयोर्क–लन्डन हवाईमार्ग आम्दानीको हिसाबले दोस्रो स्थानमा छ। गत वर्षको पहिलो ६ महिनामा यो हवाईमार्गले १.१५ अर्ब डलर आम्दानी गरेको थियो।

तेस्रो नम्बरमा साउदी अरबको रियाद–जेद्दा हवाईमार्ग रहेको छ। यसको आम्दानी १.०३ अर्ब डलर थियो। त्यसपछि दुबई–रियाद (९९ करोड डलर), लस एन्जलस–न्युयोर्क (८० करोड डलर), सानफ्रान्सिस्को–नेवार्क (७२.२ करोड डलर), नेवार्क–लस एन्जलस (६८.२ करोड डलर), सिंगापुर–सिडनी (६५ करोड डलर), न्युयोर्क–पेरिस (६४.७ करोड डलर) र पर्थ–मेलबोर्न (६४.२ करोड डलर) छन्।

जेजु सिटी–सियोल रुट दक्षिण कोरियाको सबैभन्दा व्यस्त हवाई मार्ग मानिन्छ। यस रुटमा दैनिक २२६ उडान सञ्चालन हुन्छन्। जुन दिल्ली–मुम्बईको भन्दा झन्डै दोब्बर हो। दोस्रो स्थानमा सिड्नी–मेलबोर्न रुट रहेको छ। जहाँ दैनिक १५८ उडान छन्। तेस्रो नम्बरमा नयाँ दिल्ली–मुम्बई रहेको छ। यी दुई सहरबीच दैनिक ११५ उडान छन्। दक्षिण अमेरिकी देश कोलम्बियाका दुई सहर बोगोटा र मेडेलिनबीच दैनिक ११४ उडान चल्छन्। भियतनामको हो ची मिन्ह र हनोईबीच दैनिक ११३ उडान, साउदी अरेबियाको जेद्दा र रियादबीच ११३ उडान, जापानको फुकुओका र टोकियोबीच १०८ उडान र ब्राजिलको साओ पाउलो र रियो दि जेनेरियोबीच १०२ उडान हुन्छन्।

त्यसो त अमेरिका र चीनबाट भने कुनै पनि एयर रुट शीर्ष १० मा परेका छैनन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS