IME Life New

सौर्य ऊर्जा क्षेत्रमा २.३ लाख करोड लगानी गर्दै अडानी समूह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गौतम अडानी समूहले भारतको सबैभन्दा महत्वाकांक्षी नवीकरण सौर्य ऊर्जा क्षेत्रमा पौने २ लाख करोड लगानी गर्नेका छन्। सौर्य ऊर्जा नवीकरण क्षेत्रको विस्तार वृद्धिका लागि अडानी समूहले सन् २०३० सम्म भारु २.३ लाख करोड रुपैयाँ लगानी गर्ने भएको हो।

भारतको सबैभन्दा ठूलो नवीकरण ऊर्जा कम्पनी अडानी ग्रीन एनर्जीले गुजरामा सौर्य ऊर्जा र स्वच्छ ऊर्जाबाट बिजुली उतपादन गर्न हालको २ गिगावाट क्षमतलाई बढाएर ३० गिगावाट पुर्याउन लगभग भारु १.५ लाख करोड लगानी गर्नेछ। त्यसैले भारतको अन्य क्षेत्रमा ६–७ गिगावाट क्षमताका सौर्य ऊाजमा भारु ५० हजार करोड लगानी गरिने कम्पनीले जनाएको छ। अडानी न्यु इन्डस्ट्रिजले पनि गुजराजतमै सौर्य सेल र स्वच्छ टबाईन विनिर्माण क्षमता विस्तारमा करिब ३० हजार करोड लगानी गर्नेछ।

Esewa
Crest

हाल अडानी एन्टरप्राइजेजसँग १० हजार ९३४ मेगावाटको अपरेटिङ पोर्टफोलियो छ। कम्पनीले सन् २०३० सम्ममा ४५ गिगावाट नवीकरणीय ऊर्जा क्षमताको लक्ष्य राखेको छ। त्यसमध्ये ३० गिगावाट क्षमताको विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा आयोजना खभ्राबाट मात्रै आउनेछ।

भारत सरकारले नवीकरणीय ऊर्जालाई प्रवर्द्धधन गर्न निरन्तर पहल गरिरहेको छ। यस सन्दर्भमा अडानी समूहले २०३० सम्ममा ४५ गिगावाट नवीकरणीय ऊर्जा क्षमताको लक्ष्य राखेको छ। जसमध्ये ३० गिगावाट क्षमताको विश्वकै ठूलो नवीकरणीय ऊर्जा आयोजना खभ्राबाट मात्रै आउनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS