IME Life New

साउदी अरबको हात लाग्यो अर्को ठूलो ‘खजाना’, कमाइले तोड्यो सबै रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तेलको भण्डारले भरिएको साउदी अरबले ठूलो सफलता हासिल गरेको छ। साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले देशमा पर्यटन प्रवर्द्धनका लागि गरेको पहलको नतिजा आउन थालेको छ।

साउदी अरबको पर्यटन उद्योगले कमाईका सबै रेकर्ड तोडेको छ। साउदी अरबको केन्द्रीय बैंकले जारी गरेको प्रारम्भिक तथ्यांकमा सन् २०२३ मा पर्यटक आगमनबाट देशले ३६ अर्ब डलर आम्दानी गर्ने बताएको छ। जुन आफैँमा नयाँ रेकर्ड हो। यो साउदी अरबको इतिहासमा सबैभन्दा उच्च वृद्धि हो, जुन सन् २०२२ को तुलनामा ४२.८ प्रतिशत बढी रहेको छ।

Esewa
Crest

साउदी राजकुमारले सन् २०३० सम्ममा तेलमा देशको आय निर्भरता घटाउने प्रयास गरिरहेका छन् र त्यही भएर त्यहाँ पर्यटनलाई धेरै प्रवर्द्धन गरिएको छ।

सन् २०२३ मा साउदी अरब विश्व पर्यटन परिदृश्यमा अग्रपंक्तिका रूपमा उभिएको छ। योसँगै साउदी संयुक्त राष्ट्र संघको सूचीमा पनि परेका छन्।

साउदी अरबमा पर्यटकको संख्या ५६ प्रतिशतले बढेको छ। साउदी अरेबियाको यो सफलताको संयुक्त राष्ट्र विश्व पर्यटन संगठनलगायतका धेरै संस्थाले उच्च प्रशंसा गरेका छन्।

साउदी अरबले सन् २०२३ सम्ममा १० करोड आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ। यसलाई साउदी अरबको नीतिको ठूलो सफलता मानिएको छ। जसका कारण सन् २०१९ को तुलनामा साउदीको पर्यटन क्षेत्रमा व्यापक पुनरागमन भएको छ।

साउदी अरबले आफ्नो भिजन २०३० अन्तर्गत देशमा पर्यटन प्रवर्द्धन गरिरहेको छ। साउदी अरबको नजर हज र उमराहमा छ, जसका लागि विश्वभरका मुस्लिम त्यहाँ जान्छन्। साउदी अरबले हज सुविधा विस्तार गर्न २१ अर्ब डलरभन्दा बढी खर्च गरेको छ। हज र उमराका लागि विश्वबाट लाखौँ मानिस साउदी अरब पुग्छन्।

साउदी अरबले सन् २०१९ मा मक्का र मदिनामा मात्र हज र उमराबाट १२ अर्ब डलर कमाएको थियो र यसलाई बढाएर ३० अर्ब डलर पुर्याउने लक्ष्य साउदीले राखेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

74%
happy

खुसी

3%
sad

दु :खी

6%
amazed

अचम्मित

12%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS