IME Life New

अमेरिकामा अध्ययन भिसा अस्वीकृति दर रेकर्ड स्तरमा, अर्थतन्त्रमा असर पर्ने आँकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा अध्ययन भिसा अस्वीकृति दर रेडर्क स्तरमा पुगेको छ।

अमेरिकामा अध्ययन गर्न अन्तर्राष्ट्रिय विद्यार्थीलाई एफ–१ भिसा दिइन्छ। सन् २०२३ मा यो भिसा अस्वीकृति दर बढेर ३५ प्रतिशत पुगेको छ। जसअनुरुप एफ–१ भिसाका लागि २ लाख ५३ हजार ३५५ विद्यार्थीबाट परेको आवेदन अस्वीकृत भएको छ।

Esewa
Crest

अमेरिकाका सरकारी अधिकारीहरुका अनुसार एफ–१ भिसा अस्वीकृत दर अन्य भिसाको तुलनामा करिब दोब्बर रहेको छ। यो बुझ्न महत्वपूर्ण छ कि अन्तर्राष्ट्रिय विद्यार्थीले एफ–१ भिसाका लागि आवेदन दिनुअघि उनीहरुलाई पहिले नै सरकारीबाट स्वीकृत प्राप्त युनिभर्सिटीले सहमति दिनुपर्छ।

ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययन भिसा अस्वीकृत हुँदा अमेरिकाको अर्थतन्त्रमा असर पर्ने विश्लेषकहरुको अनुमानछ। पछिल्लो ४ वर्ष एफ–१ भिसा अस्वीकृत हुँदा अमेरिकाले करिब ३० अर्ब डलर गुमाएको उनीहरुको भनाइ छ।

एक अध्ययनअनुसार वर्ष २०२२।२३ मा अमेरिकी अर्थतन्त्रमा युनिभर्सिटीहरुमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीले योगदान करिब ४० अर्ब डलर रहेको छ।

सन् २०२३ मा अमेरिकामा चिनियाँ विद्यार्थीको भिसा अस्वीकृति दर ऐतिहासिक स्तरमा पुगेको छ। जब कि भारतीय विद्यार्थीको भिसा स्वीकृति दर भने बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS