Connect IPS
IME Life

बैंकहरुमा तरलता बढेको बढ्यै, ६२ खर्ब नाघ्यो निक्षेप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ प्रणाली तरलता लगातार बढिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुमा निक्षेप बढेर ६२ खर्ब रुपैयाँ नाघेको छ।

तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप चैत १७ गतेसम्म बढेर ६२ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। चैत १५ गतेसम्म कुल निक्षेप ६१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो। दुई दिनको अवधिमा निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ।

Prabhu
Crest

यो २ दिनको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेर चैत १७ गतेसम्म ५४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। चैत १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८० अर्ब रुपैयाँ थियो।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने स्थिर रहँदै चैत १७ मा पनि ५० खर्ब ८४ अर्ब रुपैयाँ नै रहेको छ। गत चैत १५ मा पनि कुल कर्जा लगानी ५० खर्ब ८४ अर्ब रुपैयाँ नै रहेको छ। वाणिज्य बैंकहरुको कुल कर्जा लगानी चैत १५ मा ४४ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा चैत १७ मा पनि स्थिर रहँदै त्यति नै रहेको छ।

चैत १७ गते बैंकहरुको औसत सीडी रेसियो ७९.६१ प्रतिशतमा झरेको छ। चैत १५ गते औसत सीडी रेसियो ७९.७० प्रतिशत थियो। बैंकहरुको अन्तरबैंक ब्याजदर चैत १७ मा घटेर २.६३ प्रतिशतमा झरेको छ। चैत १५ मा अन्तरबैंक ब्याजदर २.७७ प्रतिशत थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

7%

दु :खी

0%

अचम्मित

21%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS