IME Life New

बैंकहरुमा तरलता बढेको बढ्यै, ६२ खर्ब नाघ्यो निक्षेप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणाली तरलता लगातार बढिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुमा निक्षेप बढेर ६२ खर्ब रुपैयाँ नाघेको छ।

तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप चैत १७ गतेसम्म बढेर ६२ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। चैत १५ गतेसम्म कुल निक्षेप ६१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो। दुई दिनको अवधिमा निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ।

Esewa
Crest

यो २ दिनको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेर चैत १७ गतेसम्म ५४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। चैत १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८० अर्ब रुपैयाँ थियो।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने स्थिर रहँदै चैत १७ मा पनि ५० खर्ब ८४ अर्ब रुपैयाँ नै रहेको छ। गत चैत १५ मा पनि कुल कर्जा लगानी ५० खर्ब ८४ अर्ब रुपैयाँ नै रहेको छ। वाणिज्य बैंकहरुको कुल कर्जा लगानी चैत १५ मा ४४ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा चैत १७ मा पनि स्थिर रहँदै त्यति नै रहेको छ।

चैत १७ गते बैंकहरुको औसत सीडी रेसियो ७९.६१ प्रतिशतमा झरेको छ। चैत १५ गते औसत सीडी रेसियो ७९.७० प्रतिशत थियो। बैंकहरुको अन्तरबैंक ब्याजदर चैत १७ मा घटेर २.६३ प्रतिशतमा झरेको छ। चैत १५ मा अन्तरबैंक ब्याजदर २.७७ प्रतिशत थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%
happy

खुसी

7%
sad

दु :खी

0%
amazed

अचम्मित

21%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS