IME Life New

आजबाट बढ्यो किआका कारहरुको दाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किआ इन्डियाले आज अप्रिल १ बाट आफ्ना कारहरुको दाम बढाएको छ। कम्पनीले आफ्नो सम्पूर्ण प्रडक्ट रेन्जको दाम बढाएको हो।

किआ इन्डियाले आफ्ना कारको मूल्य ३ प्रतिशतसम्म बढाएको छ। मूल्य बढाउनुको कारण वस्तुको मूल्यवृद्धि र आपूर्ति शृंखलासँग सम्बन्धित इनपुट लागत रहेको कम्पनीले जनाएको छ।

Esewa
Crest

किआ इन्डियाले यो वर्ष पहिलोपटक आफ्नो कारको मूल्य बढाएको घोषणा गरेको छ। यस सम्बन्धमा किआ इन्डियाका नेसनल हेड अफ सेल्स एन्ड मार्केटिङ हरदीपसिंह बरारले कम्पनीले ग्राहकलाई निरन्तर प्रिमियम र उन्नत प्रविधियुक्त उत्पादनहरु उपलब्ध गराउँदै आएको बताए। ‘हालसालै कमोडिटीको मूल्य बढ्दै गएको र इनपुट लागत पनि बढेका कारण हामीले किआ कारको मूल्यमा सामान्य वृद्धि गरिरहेका छौँ’, उनले भने, ‘ग्राहकको जेबमा धेरै बोझ नपर्ने र उनीहरुले किआ कारहरु खरिद गरिरहने अपेक्षा गरिएको छ।’

पाँच वर्षभन्दा कम अवधिमा किआ इन्डियाले घरेलु बजार र निर्यात मिलेर ११ लाखभन्दा बढी कार बेचेको छ। तीमध्ये सबैभन्दा धेरै किआ सेल्टोसले बिक्री गरेको छ र यो संख्या ६.१३ लाख युनिट नाघेको छ। यसपछि अहिलेसम्म ३ लाख ९५ हजार युनिट किआ सोनट र १ लाख ५९ हजार युनिट क्यारेन्स बिक्री भइसकेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS