काठमाडौं । भारतीय बीमितहरुले अबदेखि शेयरको डिम्याट खाता जस्तै बीमालेखको समेत डिम्याट खातामा आफ्नो बीमालेखको विवरणहरु राख्नुपर्ने भएको छ। बीमा नियामक आइआरडिएआइले अप्रिल १ तारेख अर्थात् चैत्र १९ गतेदेखि लागू हुने गरी यो प्रावधानलाई अनिवार्य गरेको छ।
इकोनोमिक्स टाइमका अनुसार मार्च २० तारेखमा आइआरडिएआइले जारी गरेको परिपत्रमा “बीमितको हित, सञ्चालन र सम्बद्ध मामिलाको संरक्षण, २०२४” शीर्षकमा जारी गरिएको परिपत्रमा भनिएको छ, “प्रत्येक बीमकले प्राधिकरणबाट स्वीकृत बीमालेखहरु विद्युतीय स्वरुपमा राखेर बीमितलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ।”
नियामकले भनेको छ “बीमालेखको प्रस्ताव इलेक्ट्रोनिक ढाँचामा वा अन्य कुनै माध्यमबाट प्राप्त भएको अवस्थामा समेत प्रत्येक बीमकले विद्युतीय माध्यमबाट मात्र बीमालेख जारी गर्नुपर्नेछ,” ।