IME Life New

वेष्ट प्रेजेण्टेड फाइनान्सियल रिपोर्ट अवार्डका लागि आइक्यानले माग्यो आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार्टर्ड अकाउण्टेण्ट्सको प्रतिनिधिमूलक तथा नियामक संस्था नेपाल चार्टर्ड अकाउण्टेण्ट्स संस्थाले उत्कृष्ट वित्तीय विवरण प्रकाशन अवार्ड(वेष्ट प्रेजेण्टेड अवार्ड) का लागि इच्छुक संगठित संस्थाबाट आवेदन माग गरेको छ। संस्थाले सार्वजनिक सूचना प्रकाशन गर्दै विभिन्न १६ वटा विधाका लागि मनोनयन आह्वान गरेको हो ।

संस्थाका अनुसार निजी क्षेत्र प्रवर्द्धित बैंक तथा वित्तीय संस्था सार्वजनिक बैंक तथा वित्तीय संस्था जीवन बीमक निर्जीवन बीमक वित्तीय सेवा उत्पादनमूलक कम्पनी सूचना तथा प्रविधि क्षेत्र सेवा क्षेत्र कृषी क्षेत्र सार्वजनिक संस्थान विविधिकृत होल्डिङ्स विद्युत तथा उर्जा पूर्वाधार तथा निर्माण संस्थागत सुशासन र एकीकृत रिपोर्टिङ समेत १६ वटा क्षेत्रमा अवार्डका लागि मनोनयन खुलाएको हो ।

Esewa
Crest

संस्थाका अनुसार नेपाल वित्तीय लेखाङ्कन मापदण्ड(एनएफआरएस) बमोजिम वित्तीय विवरण तयार पारेका संगठित संस्थाहरु यो अवार्डमा सहभागिता हुन सक्नेछन् । संस्थाका अनुसार अवार्डमा मनोनयनका लागि आर्थिक वर्ष २०७९।८० को वित्तीय विवरण वितरण गरिएको तथा साधारण सभाबाट अनुमोदन गरिएको हुनुपर्नेछ ।

अवार्डमा छनौटमा परेका संस्थाहरु दक्षिण एशिया स्तरिय अवार्डका लागि समेत मनोनयनका लागि योग्य हुनेछन् । दक्षिण एशियाली अवार्डमा सहभागिताका लागि वित्तीय विवरण अनिवार्यरुपमा अंग्रेजी भाषामा प्रकाशन गरिएको हुनुपर्ने शर्त छ।

संस्थाले अवार्डमा सहभागिताका लागि १२ अप्रिल २०२४ सम्ममा वित्तीय विवरणको मुद्रित प्रतिसहित संस्थाको सातटोबाटोस्थित कार्यालयमा आवेदन दर्ता गराउन आह्वान गरेको छ। साथै वित्तीय विवरणको सफ्ट कपिको लिङ्क संस्थालाई इमेल गर्न समेत अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS