IME Life New

विश्वकै तेस्रो ठूलो अर्थतन्त्रको ताज गुमेपछि जापानले चाल्यो यस्तो कदम, होला त फेरि टप ३ मा इन्ट्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानको अर्थव्यवस्था अहिले खस्किएको छ। हालै यो देशले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको ताज पनि गुमाएको छ। शीर्ष ३ बाट बाहिरिएपछि अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउन जापानले पछिल्लो १७ वर्षमा ठूलो कदम चालेको छ।

जापानले ब्याजदरहरु बढाएको हो। बैंक अफ जापानको मौद्रिक नीति समीक्षा बैठकमार्फत ब्याजदरहरु बढाउने घोषणा गरेको छ।

Esewa
Crest

दि न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार जापानको केन्द्रीय बैंकले मंगलबार सुस्त बनिरहेको अर्थव्यवस्थालाई गति दिन १७ वर्षपछि पहिलोपटक ब्याजदर बढाउने निर्णय गरेको छ। यसअघि सन् २००७ मा जापानले ब्याजदर बढाएको थियो।

बैंक अफ जापानले नीति बैठकमा सर्ट टर्म ब्याजदर बढाएर ०.१ प्रतिशत पुर्याएको छ। यसअघि सर्ट टर्म ब्याजदर ०.१ प्रतिशतले ऋणात्मक थियो। योसँगै जापानमा ब्याजदर शून्यभन्दा माथि पुगेको छ। सन् २०१६ मा बैंक अफ जापानले ब्याजदरहरु शून्य प्रतिशतभन्दा तल ल्याएर ऋणात्मक बनाउने निर्णय गरेको थियो। ऋणात्मक ब्याजदर पनि मौद्रिक नीतिको एउटा रुपमका जसमा ब्याजदर ० प्रतिशतभन्दा तल रहन्छ। जापानमा मात्रै होइन केही युरोपेली अर्थव्यवस्थापका केन्द्रीय बैंकहरुले पनि यो नीतिलाई लागू गरेका छन्।

जापानको मुख्य मुद्रास्फीति गत जनवरीमा २.२ प्रतिशत थियो। मुद्रास्फीति २ प्रतिशत माथि रहँदा जापानको केन्द्रीय बैंकले नकारात्मक ब्याजदरको समीक्षा गर्ने गर्छ।

हालै जर्मनी जापानलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको छ। अमेरिकी डलरको तुलनामा जापानी येन अवमूल्य हुँदा जापानको अर्थव्यवस्थामा असर परेको हो। जापानको जीडीपी हाल ४.२ ट्रिलियन डलरमा झरेको छ। जब कि जर्मनीको जीडीपीको साइज ४.५ ट्रिलियन डलरको रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS