काठमाडौं । शेयर बजारमा सोमबार सामान्य सुधार आएको छ। नेप्से परिसूचक आज ३.२७ अंकले बढेर २०७३.५३ को विन्दुमा बन्द भएको छ।
झिनो अंकले बढेको बजारमा आज १४८ कम्पनीको शेयरभाउ बढेको छ भने ८५ वटाको घटेको छ। यो दिन १० वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
हिजोको तुलनामा आज कारोबार भने घटेको छ। आज २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ।
उच्च कारोबार भएका १० कम्पनी
- गोर्खाज फाइनान्सः २३ करोड १४ लाख रुपैयाँ
- शिवम सिमेन्टः २० करोड ३० लाख रुपैयाँ
- सोनापुर मिनरल्सः १३ करोड ४६ लाख रुपैयाँ
- अपर तामाकोशीः ११ करोड ६४ लाख रुपैयाँ
- घोराही सिमेन्टः ७ करोड ४३ लाख रुपैयाँ
- पिपुल्स पावरः ६ करोड ४५ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः ६ करोड १८ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ५ करोड ५८ लाख रुपैयाँ
- कामना सेवा विकास बैंकः ४ करोड ३९ लाख रुपैयाँ
- कर्णाली डेभलपमेन्ट बैंकः ४ करोड १८ लाख रुपैयाँ