IME Life New

सुनको चमक अगाडि माइक्रोसफ्ट र एप्पल पनि फिक्का, कति छ ग्लोबल मार्केट क्याप ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय सुनको भाउ ह्वात्तै बढेको छ। चीनको केन्द्रीय बैंक र त्यहाँका सर्वसाधारणले व्यापक रुपमा सुन किन्ने गरेका छन्।यसबाहेक अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाउने संकेत दिएपछि पनि सुनको भाउ बढेको हो। चीनको अर्थतन्त्र धेरै क्षेत्रमा संघर्ष गरिरहेको छ। यसका साथै धेरै भूराजनीतिक कारणले सुनको भाउ बढेको छ। योसँगै सुनको विश्व बजार पुँजी १५ ट्रिलियन डलर नाघेको छ।

यो संसारको सबैभन्दा मूल्यवान कम्पनी माइक्रोसफ्टको भन्दा झन्डै पाँचगुणा हो। साथै, अमेरिका र चीनबाहेक विश्वका कुनै पनि देशको अर्थतन्त्र योभन्दा बढी छैन।

Esewa
Crest

वर्ल्ड अफ स्ट्याटिस्टिक्सका अनुसार सन् २०१० को मार्चमा विश्वव्यापी सुनको बजार पुँजी ६ ट्रिलियन डलर थियो। जुन साढे दुईगुणाले बढेर सन् २०२४ मार्चमा १५ ट्रिलियन डलर पुगेको छ।

सुन कम्पनी भएको भए संसारको कुनै पनि कम्पनी यसको अगाडि उभिन सक्ने थिएन। माइक्रोसफ्ट अहिले बजार पुँजीको हिसाबले विश्वको सबैभन्दा ठूलो कम्पनी हो। यसको मार्केट क्याप ३.०८५ ट्रिलियन डलर छ। तर सुनको विश्वव्यापी बजार पुँजी योभन्दा करिब पाँचगुणा बढी छ। एप्पल (२.६७५ ट्रिलियन डलर), एभिडिया (२.२९७ ट्रिलियन डलर), साउदी अरामको (२.०६८ ट्रिलियन डलर) र अमेजन (१.८२१ ट्रिलियन डलर) जस्ता कम्पनीहरुमाथि सुन भारी परेको छ।

त्यस्तै अमेरिका र चीनबाहेक सुनको बजार पुँजी विश्वका सबै देशको अर्थतन्त्रभन्दा बढी छ। फोर्ब्सका अनुसार अमेरिकाको जीडीपी २७.९७४ ट्रिलियन डलर र चीनको १८.५६६ ट्रिलियन डलर छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS