IME Life New

मन्दीका कारण बेलायतमा बढ्यो बेरोजगारी, घट्यो ज्याला वृद्धिदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतको श्रम बजार कमजोर बन्दा बेरोजगारी बढेको छ। योसँगै ज्याला वृद्धि पनि घटेको छ। यसले बेलायतको अर्थतन्त्र सुस्ताएको संकेत गर्छ।

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत डिसेम्बरमा बेरोजगारी दर ३.८ प्रतिशत थियो। जनवरीमा बेरोजगारी दर अप्रत्याशित रुपमा बढेर ३.९ पुगेको छ। जब कि बोनससहित वार्षिक औसत ज्याला वृद्धि अघिल्लो महिनाको ५.८ प्रतिशतबाट घटेर ५.६ प्रतिशतमा झरेको छ।

Esewa
Crest

रोजगारदाताहरुले नयाँ कर्मचारी भर्ना कटौती गरेका छन्। त्रैमासिकमा विज्ञापन गरिएका रिक्त पदहरुको संख्या ४३ हजारले घटेर ८ लाख ८ हजारमा झरेको छ।

सन् २०२३ को अन्तिम ६ महिनाको मन्दीले बेलायतको श्रम बजारमा ठूलो प्रभाव परेको विज्ञहरुले बताएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS