IME Life New

हिमालयन रि की प्रमुख कार्यकारी पौडेल अन्तर्राष्ट्रिय उपाधिबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल महिला नेतृत्व सम्बन्धी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छिन् । व्यवसायीक तथा पेशागत क्षेत्रका महिला नेतृत्व सम्बन्धी अन्तर्राष्ट्रिय पत्रिका उमन्स टेबलोइडले उत्कृष्ट महिला नेतृत्व उपाधीबाट सम्मान गरेको हो ।

पौडेलले उत्कृष्ट उदयीमान महिला प्रमुख कार्यकारी अधिकृत (इन्स्योरेन्स) उपाधी पाएकी हुन् । उमन्स टेबलोइडले वर्ष सन् २०२३ विश्वभर विभिन्न क्षेत्रमा आफ्नो कामबाट प्रभाव छाड्न सफल महिला नेतृ मध्ये विभिन्न पाँच वटा विधामा कूल ५६ महिलालाई उपाधी प्रदान गरेको छ।

Esewa
Crest

उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट महिला नेतृ र उत्कृष्ट महिला सशक्तिकरण समेत तीन वटा क्षेत्रमा उपाधीका लागि आयोजकले विश्वभर विभिन्न पेशागत तथा व्यवसायीक क्षेत्रमा नेतृत्व गरिरहेका महिलाहरुबाट आवेदन माग गरेको थियो ।आयोजकका अनुसार प्राप्त आवेदनमध्ये उत्कृष्टताको आधारमा विजेताको छनौट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS