IME Life New

नआउने भयो एप्पलको सेल्फ ड्राइभिङ कार, यसकारण कम्पनीले रद्द गर्यो ईभी प्रोटेक्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी एप्पलले आफ्नो कार उत्पादनमा ठूलो घोषणा गरेको छ। कम्पनीले आफ्नो इलेक्ट्रिक भेहिकल प्रोजेक्ट (इभी प्रोजेक्ट) रद्द भएको घोषणा गरेको हो।

कम्पनीले आफ्नो पहिलो विद्युतीय कार ल्याउन लागेको थियो। तर, अहिले यो कार आउन समय बाँकी रहेकाले हाल कम्पनीले यो प्रोजेक्ट रद्द गरेको छ। यतिमात्र होइन, कम्पनीले यस प्रोजेक्टमा काम गर्ने कर्मचारीलाई पनि निकाल्ने भएको छ। हालै कम्पनीले यसबारे जानकारी दिएको हो।

Esewa
Crest

एप्पलले कथित रुपमा आफ्नो स्वचालित इलेक्ट्रिक कार प्रोजेक्ट स्थायी रुपमा बन्द गरेको छ। टेकक्रन्चको रिपोर्ट अनुसार कम्पनीले सम्भवतः सयौँ कर्मचारीलाई टोलीबाट निकालेको छ र प्रोटेक्टमा सबै काम रोकिएको छ।

कम्पनीका अनुसार केही कर्मचारीलाई एप्पलको जेनेरेटिभ एआई (जेनएआई) प्रोजेक्टमा सारिनेछ। एप्पल कार प्रोजेक्टमा लगभग १ हजार ४०० कर्मचारी थिए। एप्पलले पहिलोपटक सन् २०१४ मा आफ्नो कार प्रोजेक्ट ‘प्रोजेक्ट टाइटन’ मा काम गर्न थालेको थियो।

कम्पनीले २०२१ मा बीएमडब्ल्यूका पूर्वकार्यकारी उलरिच क्रान्जलाई काममा राखेको थियो। उनले आई३ कार्यक्रम चलाउन मद्दत गरे। गत वर्षको डिसेम्बरमा एप्पलले आफ्नो ‘एप्पल कार’ नामक विद्युतीय गाडीको लन्चिङलाई सन् २०२६ सम्म स्थगित गरेको थियो। जसको मूल्य १ लाख डलरभन्दा कम हुने अपेक्षा गरिएको थियो।

ईफोन निर्माताले सुरुमा स्टियरिङ ह्विल वा पेडल बिनाको अटोमोबाइल बनाउन खोजेको थियो। जसले यात्रुहरुलाई लिमोसिन शैलीको गाडीमा एक–अर्काको सामना गर्न अनुमति दिन्छ। अघिल्लो रिपोर्टहरुअनुसार यो प्रोजेक्टको दायरा पछि घटाइएको थियो र ड्राइभरको सिट, स्टेयरिङ ह्विल र पेडलहरुसँग थप परम्परागत डिजाइन सिर्जना गरिएको थियो। तर, कम्पनीले अहिले आफ्नो प्रोजेक्ट पूर्ण रुपमा बन्द गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS