IME Life New

दक्षिण कोरियामा कर्मचारीलाई अनौठो अफर, बच्चा जन्माउँदा बोनसका रुपमा रु. १ करोड उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चाडपर्व वा अन्य अवसरमा कम्पनीहरुले कर्मचारीलाई बोनस दिनु सामान्य कुरा हो। तर, कर्मचारीलाई बच्चा जन्माउँदा बोनस दिइन्छ भन्ने कुरा अपत्यारिलो हुन सक्छ। यो सत्य कुरा हो। दक्षिण कोरियाका कम्पनीहरुले यस्तै नीति अपनाएका छन्। जहाँ धेरै ठूला कम्पनीले ‘बर्थ प्रोग्राम’ सञ्चालन गरेका छन्। यसअन्तर्गत बच्चा जन्माउने कर्मचारीलाई बोनसका रुपमा ७५ हजार डलर (झन्डै १ करोड रुपैयाँ) दिइन्छ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार दक्षिण कोरियाको जन्मदर आगामी केही वर्षमा रेकर्डस्तरमा न्यून पुग्न सक्छ। जसले देशको जनसांख्यिकीय चुनौतीलाई बिगार्न सक्छ। हालै एक प्रक्षेपण जारी गर्दै दक्षिण कोरियाको तथ्यांक कार्यालयले यस वर्ष प्रतिमहिला अपेक्षित शिशुको संख्या ०.७२ मा झर्ने र सन् २०२५ सम्ममा ०.६५ मा झर्ने अनुमान गरेको थियो। दक्षिण कोरियामा प्रजनन दर विश्वमा सबैभन्दा कम हो। यस्तो अवस्थामा दक्षिण कोरियामा धेरै सन्तान जन्माउने चाहना छ। अहिले यो देशका कम्पनीहरुले पनि बच्चा जन्माउन प्रोत्साहन गर्ने उद्देश्यले कर्मचारीका लागि नयाँ नीति बनाएका हुन्।

Crest

दक्षिण कोरियाली कम्पनीहरुले आफ्ना कर्मचारीलाई सन्तान जन्माउनका लागि ७५ हजार डलरसम्मको बोनस दिने गरेका छन्। बुयोङ ग्रुप र साङ्बाङवुल नामक दुई कम्पनीले यसै महिना आफ्नो कार्यालयमा नयाँ बर्थ प्रोग्राम घोषणा गरेका छन्। ती कम्पनीले देशको न्यून जन्मदर बढाउन मद्दत गर्न ७५ हजार डलरसम्म बोनस दिने प्रस्ताव गरेका छन्।

कोरिया हेराल्डलाई उद्धृत गर्दै बिजनेस इनसाइडरको रिपोर्टमा भनिएको छ, ‘अन्डरवेयर उत्पादन गर्ने कम्पनी साङबाङवुलले गत बिहीबार एक विज्ञप्ति जारी गरी आफ्ना कर्मचारीहरुलाई आफ्नो पहिलो सन्तानका लागि २२ हजार ४०० डलर दिने घोषणा गरेको छ। दोस्रो र तेस्रो बच्चाका लागि ३० हजार डलर दिइनेछ।’

कम्पनीका प्रवक्ताले भनेका छन्, ‘न्यून जन्मदर नियन्त्रण गर्नु हाम्रो समाजका लागि सबैभन्दा महत्वपूर्ण कार्य भएको छ। यस पहलमा कम्पनीले जिम्मेवारी लिनेछ र देशमा प्रजनन दर बढाउन मद्दत गर्न हरसम्भव प्रयास गर्नेछ।’

सीएनएनमा प्रकाशित समाचारअनुसार यो महिनाको सुरुमा अर्को सियोलमा रहेको उत्पादन कम्पनी बुयोङ ग्रुपले यस्तै घोषणा गरेको थियो। कम्पनीले आफ्ना कर्मचारीलाई प्रतिबच्चा ७५ हजार डलर बोनस दिने बताएको थियो। यस बर्थ प्रोग्रामअन्तर्गत बुयोङ ग्रुपले सन् २०२१ पछि सन्तान जन्माउने कर्मचारीका लागि बोनस बढाएको छ।

प्रतिवेदनका अनुसार २०२१ देखि अभिभावक बनेका ७० कर्मचारी छन् र कम्पनीले ती कर्मचारीलाई ५.२५ मिलियन डलर नगद वितरण गर्ने तयारी गरिरहेको छ।

चीन र जापानजस्तै दक्षिण कोरिया पनि घट्दो जन्मदरको साइड इफेक्टसँग संघर्ष गरिरहेको छ। बढ्दो उमेर र असन्तुलित जनसंख्याको अर्थ यो देशमा अवकाशप्राप्त वृद्धवृद्धाको संख्यामा उल्लेख्य वृद्धि हुन सक्छ भने युवा जनसंख्या घट्दो क्रममा छ। दक्षिण कोरियालाई आफ्नो वर्तमान जनसंख्या कायम राख्न २.१ को प्रजनन दर चाहिन्छ।

कम्पनीहरुको यो पहलमा सरकारले पनि सहयोग गरिरहेको छ। गत फेग्रुअरी १३ मा दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफ्ना कर्मचारीलाई सन्तान जन्माउन प्रोत्साहन गर्ने कम्पनीहरुलाई करमा सहुलियत र अनुदान उपलब्ध गराउन आफ्नो प्रशासनलाई आदेश दिएका थिए। राजधानी सियोलमा नगरपालिका अधिकारीहरुले अभिभावकहरुलाई आफ्ना छोराछोरी १ वर्षको उमेर नपुग्दासम्म प्रत्येक महिना ७५० डलर दिइरहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS