IME Life
Beema Board

एनआईसी एसियाका दुईवटै म्युचुअल फन्डको घट्यो न्याभ, लगानीमा पनि संकुचन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटै योजनाको माघमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ।

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्था एनआईसी एसिया क्यापिटल रहेको एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको पुसको तुलनामा माघमा न्याभ घटेको हो। यी दुईवटै योजनाको माघको वित्तीय विवरण आज सार्वजनिक गरिएको छ।

Prabhu
Crest

गत पुसमा ग्रोथ फन्डको ११.१९ रुपैयाँ न्याभ रहेकोमा माघमा घटेर ११ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर माघमा ८३ करोड ६७ लाख रुपैयाँ खुम्चिएको छ। पुसमा कुल लगानी ८५ करोड २८ लाख रुपैयाँ थियो। गत पुसमा ९ करोड ४८ लाख रुपैयाँ नाफा कमाएमा यो योजनाले माघमा पनि ७ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

यस्तै गत पुसमा ब्यालेन्स्ड फन्डको १०.६५ रुपैयाँ न्याभ रहेकोमा माघमा घटेर १०.५४ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर माघमा ७१ करोड ३० लाख रुपैयाँ खुम्चिएको छ। पुसमा कुल लगानी ७२ करोड २२ लाख रुपैयाँ थियो। गत पुसमा ४ करोड ३९ लाख नाफा आर्जन गर्न सफल यस योजनाले माघमा पनि ३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS