IME Life New

एनआईसी एसियाका दुईवटै म्युचुअल फन्डको घट्यो न्याभ, लगानीमा पनि संकुचन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटै योजनाको माघमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ।

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्था एनआईसी एसिया क्यापिटल रहेको एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको पुसको तुलनामा माघमा न्याभ घटेको हो। यी दुईवटै योजनाको माघको वित्तीय विवरण आज सार्वजनिक गरिएको छ।

Esewa
Crest

गत पुसमा ग्रोथ फन्डको ११.१९ रुपैयाँ न्याभ रहेकोमा माघमा घटेर ११ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर माघमा ८३ करोड ६७ लाख रुपैयाँ खुम्चिएको छ। पुसमा कुल लगानी ८५ करोड २८ लाख रुपैयाँ थियो। गत पुसमा ९ करोड ४८ लाख रुपैयाँ नाफा कमाएमा यो योजनाले माघमा पनि ७ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

यस्तै गत पुसमा ब्यालेन्स्ड फन्डको १०.६५ रुपैयाँ न्याभ रहेकोमा माघमा घटेर १०.५४ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर माघमा ७१ करोड ३० लाख रुपैयाँ खुम्चिएको छ। पुसमा कुल लगानी ७२ करोड २२ लाख रुपैयाँ थियो। गत पुसमा ४ करोड ३९ लाख नाफा आर्जन गर्न सफल यस योजनाले माघमा पनि ३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS