IME Life New

विश्वका शीर्ष १० धनाढ्यको सूचीमा मुकेश अम्बानीको इन्ट्री, कुन स्थानमा छन् गौतम अडानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका छन्।

फोर्ब्सको रियल टाइम अर्बपतिहरुको सूचीअनुसार मुकेश अम्बानीको कुल सम्पत्ति अहिले ११४ अर्ब डलर पुगेको छ। उनले गुगलका सहसंस्थापक सर्गेई ब्रिनलाई पछि पार्दै शीर्ष १० मा परेका हुन्।

Esewa
Crest

फ्रान्सेली अर्बपति र लुइस विटन मोएट हेनेसीका सीईओ बर्नार्ड अर्नाल्ट यस सूचीको शीर्षमा छन्। अर्नाल्टको कुल सम्पत्ति २२३.३ अर्ब डलर रहेको छ। दोस्रो स्थानमा टेस्लाका सीईओ एलन मस्क छन्। उनको कुल सम्पत्ति २०१.७ अर्ब डलर रहेको छ।

मुकेश अम्बानीको कुल सम्पत्ति ५ वर्षमा ३६ अर्ब डलरबाट बढेर ११४ अर्ब डलर पुगेको हो। यसको मतलब अम्बानीको नेटवर्थ ५ वर्षमा दोब्बरले बढेको छ।

रिलायन्स भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो र सबैभन्दा नाफा कमाउने कम्पनी हो। कम्पनीको व्यवसायले ऊर्जा, सामग्री, खुद्रा, मनोरञ्जन र डिजिटल सेवाहरु फैलाउँछ। यो २० लाख करोडको मार्केट क्याप भएको भारतको पहिलो कम्पनी पनि हो।

फोर्ब्ससको रियल टाइम अर्बपतिहरुको सूचीमा अडानी समूहका अध्यक्ष गौतम अडानी १६ औँ स्थानमा छन्। गौतम अडानीको कुल सम्पत्ति ८४ अर्ब डलर छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS