IME Life New

ठूलो दाउ खेल्ने योजनामा विश्व शेयर बजारका बादशाह, गर्दैछन् यस्तो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व शेयर बजारका बादशाह दिग्गज अमेरिकी लगानीकर्ता वारेन बफेट ठूलो दाउ खेल्ने तयारीमा छन्। उनको लगानी बैंक क्यापिटल वनले क्रेडिट कार्ड जारी गर्ने कम्पनी डिस्कभर फाइनान्सियल किन्न लागेको हो। यो क्रेडिट कार्ड उद्योगको इतिहासमा सबैभन्दा ठूलो सम्झौता हुनेछ।

यसको मूल्य ३५.३ अर्ब डलर हुने विश्वास गरिएको छ। यस सम्झौतापछि क्यापिटल वन सम्पत्तिको हिसाबले विश्वको छैटौँ ठूलो बैंक बन्नेछ। यसले जेपी मोर्गन र सिटी ग्रुपसँग प्रतिस्पर्धा गर्नेछ। यो सम्झौता सफल भएमा मर्जरपछि बनेको कम्पनीमा क्यापिटल वानका शेयरधनीहरुको ६० प्रतिशत र बाँकी शेयर डिस्कभरको शेयरधनीहरुको हुनेछ।

Esewa
Crest

अमेरिकाको क्रेडिट कार्ड उद्योगमा अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता बैंक अफ अमेरिकाको नाममा भएको छ। यसले एमबीएनए कर्पलाई २००५ मा ३५.२ अर्ब डलरमा किनेको थियो। तर, वारेन बफेटले अब यसलाई पछाडि छोड्दैछन्।

बफेट संसारका शीर्षधनीमध्ये एक हुन्। विश्वका धेरै ठूला कम्पनीमा उनको लगानी छ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बफेटको कुल सम्पत्ति १३५ अर्ब डलर छ र उनी विश्वका धनीव्यक्तिको सूचीमा सातौँ स्थानमा छन्। यस वर्ष उनको कुल सम्पत्ति १५.४ अर्ब डलरले बढेको छ।

गत वर्षको दोस्रो त्रैमासिकको तथ्यांकअनुसार बफेटको कुल पोर्टफोलियोको आधा हिस्सा एप्पलमा छ। बफेटको पोर्टफोलियोमा दोस्रो ठूलो स्टक बैंक अफ अमेरिका हो। यो उनको कुल पोर्टफोलियोको ९ प्रतिशत हो। अमेरिकन एक्सप्रेस तेस्रो नम्बरमा छ। उनको पोर्टफोलियोको ७.२ प्रतिशत यही कम्पनीमा छ। कोकाकोलामा पनि ठूलो लगानी गरिएको छ। उनको पोर्टफोलियोमा यस कम्पनीको शेयर ७.१ प्रतिशत रहेको छ। त्यस्तै बफेटको शेभरन, अक्सिडेन्टल पेट्रोलियम, क्राफ्ट हेन्ज र मुडिजमा पनि लगानी छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS