Connect IPS
IME Life

एलन मस्कदेखि बिल गेट्ससम्म कसको पढाइ कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अभिभावक प्रायः आफ्ना छोराछोरीलाई पढाइमा जोड दिन दबाब दिइरहेका हुन्छन्। किनकि पढाइ राम्रो भयो भने भविष्य पनि उज्जवल हुने उनीहरुको विश्वास हुन्छ। तर, के धेरै पढेकाले मात्रै अकुत कमाइ गर्छन् त ? यसको उत्तर विश्वका केही शीर्ष धनाढ्यहरुको पृष्ठभूमि केलाउँदा पाउन सकिन्छ। यसमा हामीले बर्नार्ड अर्नाल्ट, एलन मस्क, जेफ बेजोस र बिल गेट्सजस्ता विश्वका शीर्ष धनाढ्यलाई समावेश गरेका छौँ।

इन्जिनियर हुन् बर्नार्ड अर्नाल्ट

Prabhu
Crest

बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनले पेरिसस्थित इन्जिनियरिङ स्कुल इकाले पोलिटेक्निकबाट इन्जिनियरिङमा डिग्री गरेका छन्। पढाइ पूरा गरेपछि बुवाको म्यानुफ्याक्चरिङ कम्पनीमा उनले काम गर्न सुरु गरे। अहिले उनी लग्जरी ब्रान्ड एलभीएमएका सीईओ छन्। उनलाई शिक्षाले एक सफल उद्यमी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो। एलभीएमएच विश्वको सबैभन्दा ठूलो लक्जरी ब्रान्ड बनाउने कम्पनी हो।

आर्टस र साइन्समा ग्रेजुएट छन् एलन मस्क

एलन मसकले आर्टस र साइन्समा ब्याचलर डिग्री गरेका छन्। उनले १७ वर्षको उमेरमा क्यानडाको नागरिकता पाएका थिए। ओन्टारियोको किंग्स्टनस्थित क्विन्स युनिभर्सिटीमा फिजिक्स र इकनोमिक्स पढ्न भर्ना भए। फेरि उनी पेन्सिल्भेनिया युनिभर्सिटीमा ट्रान्सफर भए। त्यहीबाट उनले अर्थशास्त्र र भौतिकीशास्त्रमा स्नातकसम्मको पढाइ पूरा गरे। उनले फिजिक्समा पीएचडी प्रोग्राममा प्रवेश लिएका थिए। तर, दुई दिनपछि नै छाडिदिए। उनी टेस्ला, स्पेसएक्स र न्युरालिंकजस्ता सफल कम्पनीका मालिक छन्।

इलेक्ट्रिकल इन्जिनियर हुन् जेफ बेजोस

शीर्ष धनाढ्यमा पर्ने जेफ बेजोसले प्रिन्सटन युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर साइन्समा स्नातक गरेका छन्। उनी गणित र विज्ञान विषयमा पनि राम्रै थिए। उनले वाल स्ट्रिटमा एक फाइनान्सियल एनालिस्टका रुपमा पनि काम गरेका थिए। अनलाइन किताब बेच्नका लागि जेफ बेजोसले अमेजन डट कम स्थापना गरे। अहिले यो विश्वकै सबैभन्दा ठूलो अनलाइन रिटेलर कम्पनी रहेको छ।

युनिभर्सिटी ड्रापआउट हुन् ल्यारी एलिसन

ओरेकलका चिफ टेक्नोजोली अफिर ल्यारी एलिसनले दुई विश्वविद्यालयमा एडमिसन लिए तर दुवैबाट ग्रेजुएसन पूरा गर्न सकेनन्। पहिलोपटकक १९६४ मा उनले सिकागो युनिभर्सिटीमा एडमिसन भएका थिए। तर, एक सेमेस्टरपछि पढाइ छाडे। फेरि १९६६ मा उनले इलिनोय युनिभर्सिटीमा प्रवेश गरे। तर, दुई वर्ष त्यहाँबाट पनि बारिएि। ड्रापआउट पनि उनले ओरेकल कर्पोरेसनलाई विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी बनाउन सफल भए।

बिल गेट्स पनि हुन् ड्रापआउट

बिल गेट्स माइक्रोसफ्टका सहसंस्थापक हुन्। उनले साथी पल एलनका माइक्रोसफ्ट स्थापना गरे। विश्वका शीर्ष अर्बपतिको सूचीमा उनको नाम पनि समावेश गरेको छ। उनी हार्वर्ड कलेजमा भर्ना भएका थिए। तर, ग्रेजुएसन पूरा गर्न सकेनन्। तीन सेमेस्टर पूरा भएपछि उनले पढाइ छाडे। उनले १९७५ मा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS