IME Life New

भारतमा बीमा पोलिसी फिर्ताका लागि ‘फ्री लुक’ अवधि बढाउने प्रस्ताव, अब ३० दिनको हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी दिनहरुमा भारतमा बीमितले बीमा पोलिसी फिर्ता गर्न थप समय पाउन सक्ने भएका छन्।

बीमा नियामक बीमा नियामक तथा विकास प्राधिकरण (आईआडीएआई)ले बुधबार पोलिसीहरु फिर्ता लिनका लागि ‘फ्री लुक’ अवधि १५ दिनबाट बढाएर ३० दिन बनाउन र जीवन बीमा पोलिसीहरुका लागि नामांकन अनिवार्य गर्ने प्रस्ताव गरेको हो। हाल कुनै बीमितले पोलिसीका सर्तहरुप्रति सन्तुष्ट नभएको खण्डमा पोलिसी कागजात प्राप्त भएको मितिले १५ दिनको ‘फ्री लुक’ अवधिभित्र फिर्ता गर्न सक्नेछन्। जब कि इलेक्ट्रोनिक पोलिसीको मामलामा यो अवधि ३० दिनको हुन्छ।

Esewa
Crest

स्थानीय सञ्चार माध्यमहरुका अनुसार आईआडीएआईले मस्यौदा जारी गरी बीमासँग सम्बन्धित विभिन्न नियमका धेरै प्रावधानलाई एकीकृत गर्ने प्रस्ताव गरेको छ। बीमितहरुको हितको रक्षा गर्न भन्दै मस्यौदामा भनिएको छ, ‘कुनै पनि माध्यमबाट प्राप्त पोलिसीहरुका लागि फ्री लुक अवधि पोलिसी कागजात प्राप्त भएको मितिबाट ३० दिनको हुनेछ।’

यसबाहेक मस्यौदामा पोलिसी जारी गर्दा मनोनित व्यक्तिलाई अनिवार्य रुपमा उल्लेख गर्न पनि भनिएको छ। त्यसैले सामान्य बीमा र स्वास्थ्य बीमा पोलिसहरुसम्बन्धी नामांकन व्यवस्थाहरु ल्याइएका छन्।

यस मस्यौदा प्रस्तावअनुसार पोलिसी फिर्ता र बीमा दाबी भुक्तानीको इलेक्ट्रोनिक स्थानान्तरण सक्षम बनाउन बीमा कम्पनीले प्रस्तावको चरणमा नै बीमितको बैंक खाताको विवरण संकलन गर्नुपर्नेछ। यससँगै आईआरडीएआईले बीमा कम्पनीहरुले आफ्नो विज्ञापनको जानकारी नियामकलाई उपलब्ध गराउनुपर्ने आवश्यकतालाई हटाउन पनि प्रस्ताव गरेको छ। बीमा नियामकले मार्च ४ सम्म यी प्रस्तावमा रायसुझाव पठाउन आह्वान पनि गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS