IME Life New

एलआईसी भारतले ल्यायो बालबालिकाका लागि नयाँ बीमा योजना, ग्यारेन्टी रिटर्न अनि बम्पर लाभ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा निगम (एलआईसी)ले बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यले नयाँ योजना ‘अमृतबाल’ सुरु गरेको छ।अमृतबल एउटा व्यक्तिगत बचत जीवन बीमा योजना हो। जुन विशेषगरी बच्चाको उच्च शिक्षा र अन्य आवश्यकता पूरा गर्न डिजाइन गरिएको हो। यो योजनालाई ‘प्लान ८७४’ नाम दिइएको छ। जुन विशेषगरी बालबालिकाका लागि डिजाइन गरिएको हो । एक हिसाबले यो बाल बीमा योजना हो।

एलआईसीको नयाँ बीमा योजना ३० दिनदेखि अधिकतम १३ वर्षसम्मका बालबालिकाका लागि विशेष रुपमा डिजाइन गरिएको छ। यो बीमा योजना अनलाइन खरिद गर्दा छुट पाउने पनि व्यवस्था गरिएको छ। एलआईसीका अनुसार अमृतबाल योजना बच्चाको आवश्यकता पूरा गर्न पर्याप्त रकम उपलब्ध गराउन डिजाइन गरिएको छ।

Esewa
Crest

यो पोलिसी शनिबार (फेब्रुअरी १७)बाट अनलाइन र अफलाइन दुवै खरिद गर्न सकिने व्यवस्था गरिएको छ। गर्न सकिन्छ। प्रत्येक योजना वर्षको अन्त्यमा सुरुदेखि योजना अवधिको अन्त्यसम्म आधारभूत बीमित रकमको ८० रुपैयाँ प्रतिहजारको दरमा ग्यारेन्टी थपमार्फत बीमितलाई रकम प्रदान गर्दछ।

अमृतबाल योजनाका ५, ६ वा ७ वर्षको छोटो अवधिको प्रिमियम भुक्तानी सर्त उपलब्ध छन्। अधिकतम प्रीमियम भुक्तानी अवधि १० वर्ष रहेको छ। एकल प्रिमियम भुक्तानी विकल्प पनि छनौट गर्न सन्छि। यसअन्तर्गत बीमितले कम्तीमा भारु २ लाखको बीमालेख खरिद गर्नुपर्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS