IME Life New

भारतमा छिट्टै हुन सक्छ टेस्लाको इन्ट्री, कस्तो छ तयारी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बजारमा छिट्टै एलन मस्कको इलेक्ट्रिक कार निर्माण कम्पनी टेस्लाको इन्ट्री हुन सक्ने देखिएको छ। एउटा नयाँ रिपोर्टले सुझाव दिन्छ कि भारत सरकारले ३० लाखभन्दा माथिको कारका लागि टेस्लाजस्ता विश्वव्यापी इलेक्ट्रिक कार निर्माताहरुका लागि नयाँ आयात शुल्कलाई अन्तिम रुप दिने नजिक छ। यदि विद्युतीय कारमा आयात शुल्क घटाइयो भने टेस्लाजस्ता सवारीसाधन निर्माताका लागि भारत प्रवेशको बाटो सहज हुनेछ।

यसअघि एलन मस्कले पनि भारतमा विद्युतीय सवारीमा आयात शुल्क घटाउने कुरा गर्दै आएका थिए। स्थानीय सञ्चालमध्यमको रिपोर्टअनुसार आयात शुल्कमा कटौतीको प्रस्ताव अस्थायी अवधिका लागि हुनेछ। भारत सरकारले टेस्लालाई २–३ वर्षको अवधिका लागि कम आयात कर दिने नीतिमा काम गरिरहेको दाबी रिपोर्टमा गरिएको छ। टेस्लाले भविष्यमा भारतमा उत्पादन कारखाना स्थापना गर्ने र बैंक ग्यारेन्टी पनि दिने वाचा गरेको थियो।

Esewa
Crest

भारतमा हालको आयात शुल्कका आधारमा विदेशबाट कार आयात गर्नु महँगो सम्झौता हो। जसअनुसार ४० हजार अमेरिकी डलरभन्दा माथिका गाडीमा सतप्रतिशत आयात महसुल र सोभन्दा मुनिका गाडीमा ६० प्रतिशत आयात महसुल लगाइएको छ। प्रस्तावित छुटको उद्देश्य टेस्लाको भारत प्रवेशको बाटोलाई सहज बनाउनु र यहाँको उत्पादन प्लान्टसहित कम्पनीका अन्य भविष्यका योजनाहरुलाई प्रोत्साहन दिनु हो।

लामो समयदेखि टेस्लाको भारत प्रवेशको प्रतीक्षामा रहेको र हालै प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा टेस्लाका सीईओ एलन मस्क र प्रधानमन्त्री मोदीबीच भएको भेटले यो छलफललाई थप उकासिएको थियो। त्यसपछि एलन मस्कले भारतमा टेस्ला कारहरु लन्च गर्ने र प्लान्ट स्थापना गर्ने कुरा गरे। टेस्लाको प्लान्ट भारतमा कहाँ राख्ने भन्ने निर्णय भइसकेको छैन। तर गुजरात, महाराष्ट्र र तमिलनाडुजस्ता राज्यमा पूर्वाधारलाई ध्यानमा राखेर प्लान्ट स्थापना गर्ने योजना रहेको छ।

केही दिनअघि ब्लुमबर्ग रिपोर्टमा टेस्लाले सुरुमा भारतमा नयाँ प्लान्टमा करिब २ अर्ब डलर लगानी गर्ने योजना बनाएको उल्लेख गरिएको थियो। यतिमात्र होइन कम्पनीले भारतबाट करिब १५ अर्ब डलरको अटो पार्टस् पनि खरिद गर्ने योजना बनाएको छ। यसबाहेक यो पनि भनिएको छ कि टेस्लाले कारको मूल्यलाई न्यूनतम राख्नका लागि यहाँ भारतमा ब्याट्री उत्पादन गर्न सक्छ। यद्यपि यी योजनरु अझै फाइनल भएका छैनन्। एलन मस्कले जुनमा टेस्लाले सन् २०२४ सम्ममा भारतमा ‘महत्वपूर्ण लगानी’ गर्ने विचार गरिरहेको बताएका थिए। यद्यपि यस सम्बन्धमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

भारतका केन्द्रीय मन्त्री पियुष गोयलले गत वर्ष नोभेम्बरमा क्यालिफोर्नियामा रहेको टेस्लाको कारखानाको भ्रमण गरेका थिए। उनले यो भ्रमणका केही तस्बिरहरु सामाजिक सञ्जालमा पनि पोस्ट गरेका छन्। यद्यपि उनले यस अवसरमा टेस्लाका सीईओ एलन मस्कलाई भेट्न सकेनन्। उनले अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कले भारतबाट आफ्ना पार्टपुर्जाको आयात दोब्बर बनाउने प्रक्रियामा रहेको बताए।

कम्पनीले भारतमा स्थापना गर्न लागेको प्लान्टको वार्षिक उत्पादन क्षमता करिब ५ लाख विद्युतीय सवारीसाधन हुनेछ। यतिमात्र होइन कम्पनीको विद्युतीय कारको प्रारम्भिक मूल्य करिब २० लाख रुपैयाँ हुनसक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS