IME Life New

डलरको तुलनामा येन कमजोर हुँदा पछि पर्यो जापान, जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको छ। गत वर्ष जापानको अर्थतन्त्र १.९ प्रतिशतको दरले बढेको भए पनि यो जर्मनीभन्दा पछाडि परेको छ। डलरको हिसाबले जापानको अर्थतन्त्र ४.२ ट्रिलियन डलर छ भने जर्मनीको अर्थतन्त्रको आकार ४.५ ट्रिलियन डलर छ।

डलरको तुलनामा येनको मूल्यमा आएको गिरावटका कारण जापानको स्थिति कमजोर बनेको छ। सन् २०२२ मा जापानको मुद्रा डलरको तुलनामा करिब २० प्रतिशतले घटेको थियो भने गत वर्ष ७ प्रतिशतले घटेको थियो। विश्वका धेरै केन्द्रीय बैंकले ब्याजदर बढाए पनि बैंक अफ जापानले भने ऋणात्मक ब्याजदर कायम राखेको छ।

Esewa
Crest

कुनै बेला जापान अमेरिकालाई उछिन्ने स्थितिमा थियो तर १९९० को दशकमा यसको अर्थतन्त्र ठप्प भयो। सन् २०१० मा चीन जापानलाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको थियो र आज चीनको आकार जापानभन्दा करिब चारगुणा ठूलो छ।

अर्कोतर्फ जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो तर यसले धेरै आर्थिक मोर्चामा संघर्ष गरिरहेको छ। जर्मनीलाई युरोपको बिरामी पनि भनिन्छ। गत जनवरीमा जमनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरले भनेका थिए, ‘जर्मनी बिरामी छैन तर थोरै थकित छ।’

फोर्ब्सका अनुसार अमेरिका हाल २७.९७४ ट्रिलियन डलरका साथ विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। चीन १८.५६६ ट्रिलियन डलरका साथ दोस्रो स्थानमा र ४.७३० ट्रिलियन डलरका साथ जर्मनी तेस्रो स्थानमा छन्। जापान ४.२९१ ट्रिलियन डलरका साथ चौथो स्थानमा र भारत ४.११२ ट्रिलियन डलरका साथ विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS