IME Life New

‘जिरो’को खेलः गल्तीले एउटा ‘0’ थपिँदा मच्चियो लुट, हटाउँदा सम्पत्ति स्वाहा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार निकै उतारचढाव हुन्छ। केही शेयरले लगानीकर्तालाई एक झट्कामै मालामाल बनाउँछन् भने केहीले पैसा स्वाहा बनाउँछन्। अमेरिकामा एउटा यस्तै घटना भयो। जुन चर्चाको विषय बनेको छ।

अमेरिकाको एउटा कम्पनी लेफ्ट इंकले आफ्नो वार्षिक वित्तीय रिपोर्ट सार्वजनिक गर्यो र आफ्नो एबिटा मार्जिनमा एक शून्य अर्थात ‘जिरो’ बढी जोड्यो। त्यसपछि त्यो कम्पनीको शेयर किन्न लगानीकर्ताहरु झुम्मिए। अचानक शेयरभाउ ६५ प्रतिशतभन्दा बढीको उछाल आयो।

Crest

क्यालिफोर्नियाको मुख्यालय रहेको लेफ्टले अमेरिका र क्यानडामा मोबिलिटी सेवाहरु प्रदान गर्दछ। कम्पनीले भर्खरै आफ्नो वित्तीय रिपोर्ट सार्वजनिक गरेको थियो। स्टक एक्सचेन्ज फाइलिङमा पेस गरिएको रिपोर्टमा यो कम्पनीको एबिटा मार्जिन ५०० आधार विन्दु वा २०२४ मा वार्षिक आधारमा ५ प्रतिशतले बढ्न सक्ने उल्लेख गरिएको छ। कम्पनीको यो अनुमान लगानीकर्ताको अपेक्षाभन्दा धेरै थियो। त्यसपछि कम्पनीको शेयरमा खरिदचाप देखियो। केही समयभित्र लिफ्ट शेयरभाउ ६५ प्रतिशतभन्दा बढीले उकालो लाग्यो।

लेफ्टको शेयरभाउमा यो जोडदार उछालको पछाडि शून्य (0) कारण थियो। जब कम्पनीले यो शून्यका विषयमा खुलासा गर्यो तब शेयरभाउ तीव्र गिरावट आयो र थुप्रैको लगानी स्वाहा भयो।

वाल स्ट्रिट जनरलको प्रतिवेदनअनुसार कम्पनीको शेयरभाउ ६५ प्रतिशतभन्दा बढीले उकालो लागेर २ वर्षकै उच्च विन्दुमा पुगेको थियो। यसको बजार पुँजीकरण ४ अर्ब डलर नाघेको थियो। शेयरभाउ खरिदचाप बढिरहेकै बेला कम्पनीले आफ्नो गल्ती महसुस गर्दै संशोधित वित्तीय रिपोर्ट सार्वजनिक गरेको थियो।

लिफ्टका सीएफओ एरिन ब्रेवरले हतारमा कन्फरेन्स कलमार्फत कम्पनीलाई टाइप गर्दा त्रुटि भएकोबारेमा जानकारी प्राप्त भएको बताए। कम्पनीको इबिटा मार्जिन ५० आधार बिन्दु रहेको उनले टाइप गर्दा गल्तीले ५०० आधार विन्दु भएको जानकारी दिए।

सीएफओ ब्रेवरले गरेको यो सुधारको तत्काल प्रभाव कम्पनीको शेयरभाउमा देखिन थाल्यो र लिफ्टको शेयर किन्नेहरुको सम्पत्ति क्षणभरमै स्वाहा भयो। कम्पनीको शेयरभाउ फेरि ६५ प्रतिशतभन्दा बढीले नै ओरालो लागेको थियो।

लिफ्ट शेयरभाउमा एकैदिन भएको यो ठूलो उतारचढाव र शून्यको प्रभावबारे धेरै चर्चा भइरहेको छ। तर, टाइप सच्याएपछि शेयरमा आएको गिरावटले लगानीकर्ता निराश भएका छन्। लिफ्ट मोबिलिटी क्षेत्रमा उबरको प्रतिद्वन्द्वी कम्पनी हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS