IME Life New

यति एयरले रु.१३,५०० मै जोडीलाई माउण्टेन फ्लाइट लैजाँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु वायू सेवा कम्पनी यति एयरलाइन्सले भ्यालेण्टाइन डे को अवसर पारेर माउण्टेन फ्लाइटमा जोडी प्याकेज ल्याएको छ। यति एयरले जोडीका लागि जम्मा १३ हजार ५ सय रुपैयाँमा माउण्टेन फ्लाइटको टिकट उपलब्ध हुने जानकारी दिएको छ।

फेब्रुअरी महिनाभर उपलब्ध हुने यो प्याकेजका लागि ईच्छुकले यति एयरको सेल्स काउण्टर वा अनलाइन माध्यमबाट टिकट खरिद गरेर बुकिङ गर्न सकिने जानकारी यति एयरलाइन्सले दिएको छ।

Esewa
Crest

जहाजको झ्यालको टिकट बुकिङका लागि १३ हजार रुपैयाँ र प्लेनभित्र यात्रु ओहोरदोहोर गर्ने तर्फको सिटको टिकटको बुकिङका लागि ५ सय रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। यसरी जोडीका लागि कूल १३ हजार ५ सय रुपैयाँमा दुई वटा टिकट खरिद गर्न सकिने यति एयरले जानकारी दिएको छ।

माउण्टेन फ्लाइटको हवाई टिकटको मूल्य प्रति यात्रु १३ हजार देखि १४ हजार रुपैयाँसम्म रहेको छ। यति एयरले भ्यालेण्टाइन महिनाको अवसरमा एक जना यात्रुका लागि टिकट खरिद गर्दा अर्को यात्रुको टिकट झण्डै निःशुल्क उपलब्ध गराएको छ। एयरलाइन्सका अनुसार फेब्रुअरी २९ तारेख अर्थात् फागुन १७ गते सम्मका लागि यो योजना लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS