IME Life New

प्रणय दिवसको अवसरमा कार्की दम्पत्तीले छोरालाई दिए ५ लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नयाँ चलन होइन। तर, समयसँगै प्रेम दिवस प्रेम जोडिमा मात्र सिमित नरहेर बालबच्चा संग जोडेर उपहार दिने वस्तुमा भने नयाँपन आएको छ। यसैक्रममा तानसेन नगरपालिका वडा न ११ बन्दिपोखरा बस्ने गङ्गा कार्की रानाभाट दम्पत्तीले प्रणय दिवस अर्थात प्रेम दिवसको अवसरमा आफ्नो छोरा अनमोल रानाभाटलाई ५ लाख बीमांकको बालभबिष्य जीवन बीमाको पोलिसी उपहार स्वरुप दिएका छन् ।

प्रेम दिवसमा उपहार आदान–प्रदानले सम्बन्ध अझ बढी सुमधुर बनाउने हुनाले छोराको नाममा सिटिजन लाइफ इन्स्योरेन्सको बाल भबिष्य बीमा योजना उपहार स्वरुप दिएको खनालले बताए ।

Esewa
Crest

१४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रूपमा मनाइन्छ। यो दिवसमा प्रेम गर्ने जोडीले एकअर्कालाई विभिन्न उपहार दिने गर्छन्। उनीहरुले भोलिको भविष्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमा पोलिसी उपहार दिएका हुन् ।

भनिन्छ नि “Love is protecting the ones; you love more than yourself” यहि कुरालाई बुजेर भोलिको सुनौलो भबिस्यको लागि रानाभाट दम्पतीले  बीमा उपहार खरिद गरेको पाल्पा शाखाका शाखा प्रबन्धक विजय कार्की ले बताए

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS