IME Life New

चीनबाट खोसियो शीर्ष निर्यातकर्ताको ताज, अमेरिकाले गर्यो मेक्सिकोबाट सबैभन्दा बढी आयात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्ला दुई दशकदेखि चीन अमेरिकाको शीर्ष निर्यातकर्ता रहेको थियो। तर, यो अवस्था २०२३ मा परिवर्तन भएको छ। गत वर्ष अमेरिकाले चीनको सट्टा मेक्सिकोबाट सबैभन्दा बढी सामान आयात गरेको देखिएको छ।

अमेरिकी वाणिज्य विभागले बुधबार जारी गरेको तथ्यांकअनुसार मेक्सिको अहिले अमेरिकाको शीर्ष निर्यातकर्ता बनेको छ। अमेरिकाले गत वर्ष मेक्सिकोबाट ४७५.६ अर्ब डलरको सामान आयात गरेको छ। जुन २०२२ को तुलनामा ५ प्रतिशत बढी हो।

Esewa
Crest

यस अवधिमा चीनले अमेरिकामा ४२७.२ अर्ब डलरको सामान निर्यात गरेको छ। जुन २०२२ को तुलनामा २० प्रतिशतले कम हो। जसका कारण अमेरिकाको व्यापार घाटा ७७३.४ अर्ब डलरमा झरेको छ। जुन २०२२ को तुलनामा १९ प्रतिशतले कम हो। सन् २००९ यता अमेरिकाको व्यापार घाटामा यो सबैभन्दा ठूलो वार्षिक कमी हो।

सन् २००२ पछि यो पहिलो पटक हो जब अमेरिकाले मेक्सिकोबाट चीनभन्दा बढी आयात गरेको छ। केही समययता चीन र अमेरिकाबीचको सम्बन्ध निकै तनावपूर्ण बन्दै गएको छ। दुवै देशले एकअर्काका धेरै कम्पनीमा प्रतिबन्ध लगाएका छन्। अमेरिका र अन्य पश्चिमी देश चीनमाथिको आफ्नो निर्भरता घटाउन चाहन्छन्। दुई देशबीच विशेषगरी सेमीकन्डक्टर चिप्सका लागि पनि तनाव चलिरहेको छ।

अमेरिका विश्वको ठूलो अर्थतन्त्र हो। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। तर, केही समयदेखि धेरै मोर्चामा चीन संघर्ष गरिरहेको छ। बेरोजगारी चरम उत्कर्षमा छ। विदेशी लगानीकर्ता पलायन भइरहेका छन्। शेयर बजार निरन्तर गिरावट आइरहेको छ। जनता पैसा खर्च गर्नुको साटो बचत गर्न व्यस्त छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS