Connect IPS
IME Life

गौतम अडानीको गतिलो कमब्याक, फेरि १०० अर्ब डलर क्लबमा प्रवेश, बने विश्वका १२ औँ धनीव्यक्ति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो वर्ष २०२४ भारतीय अर्बपति गौतम अडानीका लागि उत्कृष्ट वर्ष साबित भएको छ। एकातिर अडानी समूहबाट हिन्डनबर्गको छाँया हटेको छ भने अर्कोतर्फ गौतम अडानीको नेटवर्थमा उल्लेख्य उछाल आएको छ।

अहिले फेरि एकपटक अडानी समूहका अध्यक्ष गौतम अडानी १०० अर्ब डलरको सम्पत्तिसहित अर्बपतिको सूचीमा परेका छन्। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अर्बपति गौतम अडानीको सम्पत्ति एकैदिनमा २.७३ अर्ब डलरले बढेको छ। यो वृद्धिपछि उनको नेटवर्थ पनि बढेर १०१ अर्ब डलर पुगेको हो। यति धेरै सम्पत्तिसँगै उनी अब विश्वका शीर्ष अर्बपतिको सूचीमा दुई स्थान माथि उक्लेर विश्वको १२औँ धनी व्यक्ति बनेका छन्।

Prabhu
Crest

अडानी अहिले धनीको सूचीमा दोस्रो भारतीय अर्बपति र एसियाकै धनीव्यक्ति मुकेश अम्बानीभन्दा एक स्थानपछि मात्र छन्। रिलायन्सका अध्यक्ष अम्बानीको कुल नेटवर्थ १.१ अर्ब डलरले बढेर १०८ अर्ब डलर भएको छ। गौतम अडानी र मुकेश अम्बानीबीच अब ७ अर्ब डलरको मात्र अन्तर छ।

गत वर्ष हिन्डनबर्गको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि गौतम अडानीले ठूलो घाटा व्यहोरेका थिए र उनको सम्पत्तिमा ६० अर्ब डलरको भारी गिरावट आएको थियो। अहिले उनले बलियो कमब्याक गरेका छन्।

अहिले विश्वका धनीव्यक्तिको कुरा गर्ने हो भने २०५ अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीमा पहिलो नम्बरमा रहेका एलन मस्क छन्। दोस्रो धनीव्यक्ति अमेजनका जेफ बेजोस हुन्। उनको कुल सम्पत्ति १९६ अर्ब डलर छ। फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट १८६ अर्ब डलरको सम्पत्तिसहित विश्वको तेस्रो धनीव्यक्ति छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS