IME Life New

नोभो एयरले यतीलाई २ वटा विमान बेच्दा यूएस बांगलाले एउटा भित्र्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको निजी वायु सेवाप्रदायक कम्पनी यती एयरलाइन्सले हालै बंगलादेशको नोभो एयरसँग एटीआर ७२–५०० सिरिजको २ वटा जहाज खरिद गर्यो। एटीआर विमान फ्रान्समा निर्मित छोटो र मध्यम दूरीको उडान भर्नका लागि लोकप्रिय विमान मानिन्छ। यती एयरले उडान सेवा विस्तारका लागि नोभो एयरसँग एटीआर ८०५ र ८०६ संकेत नम्बर भएको दुईवटा जहाज खरिद गरेको हो।

नोभो एयरले घट्दो आन्तरिक यात्रुका बीचमा दुईवटा एटीआर–७२ विमान बिक्री गरेको हो। ‘आन्तरिक यात्रुमा ३० कमी आएको भए पनि हामीलाई अहिले आन्तरिक रुटका लागि ७ वटा विमानको आवश्यकता छैन। त्यसैले हामीले तीमध्ये दुईवटा बेचेका छौँ’, नोभो एयरका प्रबन्ध निर्देशक मोफिजुर रहमानले टीबीएससँग भनेका छन्।

Esewa
Crest

रहमानले अन्तर्राष्ट्रिय रुट विस्तार गर्ने क्रममा कम्पनीले नयाँ विमान खरिद गर्ने प्रक्रिया अघि बढाएको पनि जानकारी दिए। ‘हामी तीनवटा एयरबस विमान किन्न प्रयासरत छौँ’, उनले भने, ‘गत वर्ष सेप्टेम्बरमा जहाज थप्ने योजना थियो तर राष्ट्रिय निर्वाचनका कारण केही समय लाग्यो। निर्वाचनपछि फेरि प्रक्रिया सुरु भएको छ।’

नोभो एयरले नयाँ विमानमार्फत प्रारम्भिक रुपमा बैंकक, क्वालालम्पुर र सिंगापुरजस्ता लोकप्रिय स्थानसहित ६ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने लक्ष्य राखेको छ। हाल नोभो एयरले मुख्यतया आन्तरिक रुटहरुमा उडान भर्दै आएको छ। यसको एकमात्र अन्तर्राष्ट्रिय उडान ढाका–कोलकाता रुटमा सञ्चालन भइरहेको छ।

बंगलादेशको स्थानीय वायुसेवा कम्पनीहरुले कम हुँदै गएको राजस्व स्ट्रिमको सामना गरिरहेका छन्। किनकि राम्रो र छिटो सडक र रेल यात्राले आन्तरिक यात्रुलाई आकर्षित गर्दै आएको छ।

उता बंगलादेशकै यूएस बंगाल एयरलाइन्सले आफ्नो फ्लिटमा नयाँ एटीआर७२–६०० थप्ने भएको छ। नयाँ एटीआर थपिएसँगै यूएस–बंगलासँग कुल जहाज संख्या १४ पुग्नेछ। यो बंगलादेशमा कुनै पनि निजी एयरलाइन्सको सबैभन्दा धेरै विमान हो।

नयाँ विमान फ्रान्सको एटीआर कम्पनीबाट सीधै यूएस–बंगला एयरलाइन्सको जहाजमा सामेल हुनेछ। फ्रान्सको फ्रान्काजल विमानस्थलबाट आएको विमान ग्रीस, यूएई र भारतहुँदै आउँदो मार्च १९ मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

एटीआर ७२–६०० विमान यूएस–बंगलाको भावी योजनाहरुको एउटा हिस्सा हो। आन्तरिक रुटहरुमा थप उडान सञ्चालन गर्न यो विमानको प्रयोग गरिने कम्पनीले जनाएको छ। ‘वायुयान वातावरणमैत्री छ र अत्याधुनिक सुविधा छन्’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यात्रुले सहजताका साथ यात्रा गर्न सक्नेछन्।’

यूएस बंगाललले सन् २०१४ जुलाईबाट बंगलादेशमा उडान सुरु गरेको थियो। यो कम्पनीको पहिलो ढाकादेखि जशोरसम्मको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS