IME Life New

विश्वकै ठूलो अर्थतन्त्र मन्दीबाट बाहिरिन लागेको हो ? यस्तो छ फेड अध्यक्षको धारणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ अध्यक्ष जेरोम पावेलले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन्।

सीबीएससँग आइतबारको अन्तर्वार्तामा अध्यक्ष पावेलले अमेरिकी अर्थतन्त्र वाल स्ट्रिटले अपेक्षा गरेभन्दा छिटो बढिरहेको बताए। ‘गत महिना ३ लाख ५३ हजार रोजगारी थपेको छ’, उनले भने, ‘उपभोक्ता भावना उच्च छ, बजार सूचकांकहरु बढेको छ र मुद्रास्फीति घटेको छ। अब मूल्यवृद्धिलाई नियन्त्रण गर्न सकिन्छ। अर्थतन्त्र मन्दीबाट बच्न सम्भव छ।’

Esewa
Crest

पावेलले कुनै पनि समयमा मन्दीको सम्भावना रहने पनि बताए। ‘तर, म यो भन्न चाहन्न कि मन्दीको सम्भावना अहिले टरेको छ’, उनले भने।

पावेलले अर्थतन्त्रको समग्र स्थितिमा आशावादी हुन सक्ने बताए। ‘अर्थतन्त्र बलियो छ। श्रम बजार बलियो छ’, उनले भने, ‘मुद्रास्फीति घट्दैछ। त्यसलाई निरन्तरता दिन नसक्नुको कुनै कारण छैन।’

अध्यक्ष पावेलले अब ब्याजदर कटौतीका लागि समय आउँदै गरेको बताए। मुद्रास्फीतिविरुद्ध केन्द्रीय बैंकको लडाइँमा अलि बढी धैर्यताका लागि अमेरिकीहरुसँग पावेलले आग्रह गरे। ‘अमेरिकी अर्थतन्त्र बलियो छ र केन्द्रीय बैंकले यस वर्ष ब्याजदरहरु घटाउने सम्भावना छ’, उनले भने, ‘तर, वाल स्ट्रिटले अपेक्षा गरेअनुसार ब्याजदर कटौती यो मार्चमा हुने ‘सम्भावना’ छैन।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS