IME Life New

मिर्मिरे लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको आइतबार (माघ २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित होटल सारथीमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

सभाले संस्थापक शेयर साधारण शेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन वा फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सोअनुरुप गर्नका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना निर्वाचन गर्नेछ। वार्षिक साधारणसभामा यसपालि लाभांश वितरणको प्रस्ताव पनि पेस हुने छैन।

सभा प्रयोजनका लागि संस्थाले फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतबल फागुन ३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS